असम सीआईडीले साइबर फ्रड तथा अवैध सीम ऱ्याकेटको गऱ्यो खुलासा, पाँचजना समातिए
असम सीआईडीले साइबर फ्रड तथा अवैध सीम ऱ्याकेटको गऱ्यो खुलासा, पाँचजना समातिए


गुवाहाटी, 09 मार्च (हि.स.)। साइबर क्राइमलाई रोक्नमा ठूलो सफलता हासिल गर्दै असम क्राइम इन्भेस्टिगेशन डिपार्टमेन्ट (सीआईडी) को साइबर पुलिस स्टेशनले पाँचजना आरोपीहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा क्रमैले मोइनुल हक (हाजो), मून कलिता (कायन), कंगाकन कलिता (कायन), हिरक ज्योति कलिता (कायन) औ मुस्तकिम अहमद (कायन) सामेल छन्।

सीआईडी असमले साेमवार बतायो, गए आइतवार कामरूप जिल्लाका कतिपय स्थानहरूमा संयुक्त छापामारीकाे गरियो जसमा पाँचजना मानिसहरूलाई पक्राउ गरियो। यस अभियानको उद्देश्य साइबर धोकाधड़ी, सीम कार्डको अवैध किनबेच तथा वितरण अनि आर्थिक धोकाधड़ीको लागि निजी दस्तावेजहरूको गलत प्रयोग गरेर अकाउन्ट बनाउनमा सामेल एक व्यवस्थित नेटवर्कलाई लक्षित गर्नु रहेको थियो।

गुप्त सूत्रको आधारमा कारबाही गर्दै भारतीय न्याय संहिता (बीएनएस)- का सम्बन्धित धाराहरू क्रमश: 318(3), 319(2), 336(3), 337, और 61(2) अन्तर्गत एक सूओमोटो केस (नम्बर 01/2026) दर्ता गरियो। जाँचमा थाहा लाग्यो, संदिग्ध मानिसहरूले अवैध ढंगमा लगभग दुई सय वटा सिम कार्ड प्रयोग गरिरहेका थिए जुन टेलीकम नियमहरूको उल्लंघन हो र एउटा ठूलो इन्टरस्टेट सिण्डिकेटको अंग थियो।

छापामारीमा एक हजारभन्दा अधिक मानिसहरूको केवाईसी दस्तावेज भेटियो जुन व्यापक रूपमा पहिचान चोरी तथा गलत उपयोगको एक गम्भीर संकेत हो। अलग-अलग मानिसहरूको नाममा 54 वटा ब्यांक पासबुक, दश वटा खाली चेक बुक, पाँच वटा प्रयोग नगरिएको डेबिट कार्ड, एक हजार वटा जारी नगरिएको सीम कार्ड, लगभग 500 वटा जारी गरिएको सीम कार्ड कभर आदि पनि कारबाहीको क्रममा भेटियो।

शुरुआती जाँचमा थाहा लाग्छ, जफत गरिएका सीमहरू अन्य राज्यहरूा पहिलाबाटै दर्दा साइबर धोकाधड़ीको मामिलासित सम्बन्धित थिए। प्रयोग गरिएको सीमको जाँच गर्दा थाहा लाग्यो, ती सीमहरू बक्स अभियानमा सामेल थिए। यो एउटा यस्तो तकनिक हो जसको प्रयोग लोकल नेटवर्कको माध्यमबाट धोकाधड़ी गर्ने इन्टरनेशनल कललाई रूट गर्नको लगि गरिन्छ जसले स्क्यामर्सको बारेमा पत्तो लगाउन र ट्रेस गर्नदेखि बचाउनमा सहयोग गर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande