सवा करोड़को हेरोइनसितै आरोपी पक्राउ
सवा करोड़को हेरोइनसितै आरोपी पक्राउ


कछार (असम), 09 मार्च (हि.स.)। कछार पुलिसले असम राइफल्सका जवानहरूसित एक संंयुक्त अभियान अवधि सिलचर बाईपासमा एउटा कारबाट 1.25 करोड़ रुपियाँको हेरोइन जफत गऱ्यो। पुलिसले उक्त कारलाई जफत गरी चालकलाई पनि पक्राउ गरेको छ।

कछार पुलिस मुख्यालयबाट प्राप्त जानकारी अनुसार, एक गोप्य सूचनाको आधारमा असम पुलिस र 38औं असम राइफल्सले गत आइतवार राति एक संयुक्त अभियान संचालन गऱ्यो। यस अवधि धोलाईदेखि सिलचर तर्फ गइरहेको एउटा सेतो रंगको मारूति कारलाई राती लगभग 9:30 बजे सिलचर बाईपासमा रोकियो। वाहनको जाँंच गर्दा लगभग 209 ग्राम वजन भएको हेरोइनले भरिएका 17 वटा प्लास्टिकका साबुनदानीहरूलाई जफत गरियो। कालो बजारमा उक्त सामग्रीको अनुमानित मूल्य लगभग 1.25 करोड़ रुपियाँ रहेको छ। पुलिसले चालक सहजउद्दीन (35) लाई पक्राउ गऱ्यो। हाल पुलिसले आरोपीलाई गहन जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande