दिल्ली मदिरा घोटाला मामिलामा उच्च अदालतको फसेलालाई भाजपाले गऱ्यो स्वागत
दिल्ली मदिरा घोटाला मामिलामा उच्च अदालतको फसेलालाई भाजपाले गऱ्यो स्वागत


नयाँ दिल्ली, 09 मार्च (हि.स.)। दिल्ली मदिरा घोटालामा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल, उपमुख्यमन्त्री मनीष सिसोदिया समेत अन्य आरोपीहरूलाई तल्लो अदालतले रिहा गरेकोविरूद्ध केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई)-द्वारा दर्ता याचिकालाई सुनवाईको लागि स्वीकार गर्ने उच्चअदालतको फसेलालाई भारतीय जनता पार्टी (भाजपा)- ले स्वागत गरेको छ।

दिल्ली भाजपाका प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले सोमवार पार्टी कार्यालयमा आयोजित एक पत्रकार वार्तालाई सम्बोधन गर्दै भने, उच्च न्यायालयमा लामो तथा तार्किक सुनवाईपछि यस याचिकालाी स्वीकार गरिएको छ। उनले भने, न्यायिक प्रक्रिया लामो भए पनि अन्ततःसत्यकै जीत हुन्छ। दिल्लीको कथित मदिरा घोटाला मामिलाको वास्तविकता अदालतमा खुलासा हुनेछ।

दिल्ली भाजपा अध्यक्षले भने, पार्टीले तल्लो अदालतलाई सम्मान गर्छ, तर जसरी उच्च न्यायालयले सीबीआई अधिकारीहरूविरूद्ध गरिएको टिप्पणीमाथि रोक लगाएको छ, त्यसबाट तल्लो अदलतको फसेलामाथि प्रश्न उठ्छ नै

वीरेन्द्र सचदेवा अनुसार केही वरिष्ठ वकिलहरूले तल्लो अदालतको फसेलामा केही कमी रहेको बताएका छन्। उनले आरोप लगाए, जस्टिस रञ्जन गोगोई समितिको रिपोर्टलाई दिल्ली सरकारले बेवास्ता गऱ्यो अनि केही आरोपीहरूद्वारा ई-मेलको माध्यमबाट जनमत बनाउने प्रयास गरियो।

उनले यो पनि भने, प्रवर्तन निदेशालय (ईडी) ले चलाइरहेको मामिलालााई जारी राख्ने अनुमति दिएर उच्च न्यायालले न्यायिक प्रक्रियालाई मजबुत बनाएको छ।

वीरेन्द्र सचदेवाले भने, तल्लो अदलतबाट रिहा हुनु नै अन्तिम फसेला हुँदैन। उनले उदाहरण दिँदै भने, पहिला पनि लालू यादव, ए. राजा, कांनीमाेझी जस्ता नेताहरूलाई तल्लो अदालतबाट राहत दिइएको थियो, तर पछि उनीहरूलाई सजाय दिइयो।

दिल्ली भाजपाका प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले भने, यस मामिलामा पनि उच्च न्यायालयमा हुने सुनवाईपछि वास्तविकता स्पष्ट हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande