
आसनसोल, 09 मार्च (हि.स.)। पश्चिम बंगालमा एसआईआर (स्पेशल इन्टेन्सिभ रिभीजन) मुद्दालाई लिएर राजनीतिक सक्रियता बढ़ेको छ। यसै क्रममा सोमवार अपरान्ह पश्चिम बंगाल माइनोरिटी कंग्रेसको पक्षबाट पश्चिम बर्दवान जिल्लाधिकारीलाई एक ज्ञापन सुम्पिइयो। कंग्रेस नेताहरूले मतदाता सूचीमा कथित अनियमितता भएको गम्भीर आरोप लगाउँदै यस मामिलामा तुरून्तै कारबाही गर्ने माग गरे।
माइनोरिटी कंग्रेसको जिल्ला कमिटीका नेता फिरोज खानले आरोप लगाए, केही क्षेत्रहरूमा एसआईआरको नाममा मतदाताहरूको नाम मतदाता सूचीबाट मेटाइएको छ भने केही नामहरू हाल विचाराधिन स्थितिमा छ। यदि यस किसिमको अनियमितता जारी रहे लोकतान्त्रिक प्रक्रियामाथि गम्भीर प्रभाव पर्नसक्छ। आगामी 2026-को विधानसभा चुनाउको निष्पक्षतामाथि पनि प्रश्न उठ्नसक्छ।
उनले चेताउनी दिए, यदि स्थितिमा सुधार नआए चुनाउ बहिष्कार जस्तो कठोर कदम उठाउनेमाथि पनि विचार गर्न सकिन्छ। यस मुद्दालाई लिएर कंग्रेस नेता तथा कार्यकर्ताहरूले आसनसोल कल्याणपुर हाउसिंगस्थित डीएम कार्यालय सामु लगभग एक घण्टासम्म विरोध प्रदर्शन गरे।
प्रदर्शनकारीहरूले जिल्ला प्रशासनसित मतदाताहरूका अधिकारहरूको रक्षा गर्ने अनि मतदाता सूचीमा धिपारदर्शिता सुनिश्चित गर्ने माग गरे। यस अवधि कंग्रेस प्रदेश कमिटीका नेता प्रसनजीत पुईतुंडी सहित माइनोरिटी कंग्रेसका केही स्थानीय नेता तथा कार्यकर्ताहरू ठूलो संख्यामा उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा