फरिदाबाद : क्रिप्टो करेन्सीको नाममा लाखौंको ठगी, तीन खाताधारक पक्राउ
फरिदाबाद : क्रिप्टो करेन्सीको नाममा लाखौंको ठगी, तीन खाताधारक पक्राउ


फरिदाबाद, 09 मार्च (हि.स.)। फरिदाबाद पुलिसद्वारा साइबर अपराधीहरूमाथि लगातार कारबाही गरिँदैछ। यसै क्रममा साइबरथाना सेन्ट्रलको टीमले लाखौं रुपियाँको ठगीको एक ममिलामा तीनजना खाताधारकहरूलाई पक्राउ गरेको छ। पुलिस प्रवक्ताले सोमवार बताए, सेक्टर 35 निवासी एकजना व्यक्तिले साइबर थाना सेन्ट्रलमा गरेको सिकायतमा बताइएको छ, 26 दिसम्बर, 2025 मा उसले फेसबुकम सर्फिंग गर्दै गर्दा क्रिप्टो करेन्सीमा निवेश सम्बन्धि एउटा विज्ञापन देख्यो जसमा क्लिक गर्नसाथ उसलाई एक टेलीग्राम ग्रुपमा जोड़ियो जहाँ एउटा लिंकद्वारा ठगहरूले सिकायतकर्तालाई क्रिप्टो करेन्सीमा निवेशको निम्ति खाता खोलाए। त्यसपछि 27 दिसम्बर, 2025 देखि 15 जनवरी, 2026 सम्म विभिन्न ट्रान्जेक्सनको माध्यमबाट सिकायतकर्ताले क्रिप्टो करेन्सीमा 75 लाख 69 हजार 041 रुपियाँ निवेश गऱ्यो। तर कुनै पनि पैसा फिर्ता पाएन। त्यसपछि यस सम्बन्धमा साइबर थाना सेन्ट्रलमा सम्बन्धित धाराहरू अन्तर्गत मामिला दर्ता गरियो। पुलिस टीमले कारबाही गर्दै मध्यप्रदेश निवासी रामबाबु दांगी(20), रामपाल पँवार(21) र देवकरण गुर्जर(20)-लाई पक्राउ गरेको छ। जाँचबुझमा थाहा लागे अनुसार रामपाल पँवार र देवकरण गुर्जर खाताधारक हुन् जसले आफ्नो खाता रामबाबू दांगीलाई दिएका थिए। रामपालको खातामा एक लाख 65 हजार रुपियाँ अनि देवकरण गुर्जरको खातामा दुई लाख रुपियाँ थियो। तीनै आरोपी मित्र हुन् जसले बी.ए प्रथम वर्षको पढाई गरिरहेका छन्। आरोपीहरूलाई अदालतमा पेश गरी चार दिनको पुलिस रिमाण्डमा लिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande