मप्रमा बिग्रिनसक्छ स्वास्थ्य व्यवस्था, 8 हजार डाक्टर आजदेखि हड़तालमा
मप्रमा बिग्रिनसक्छ स्वास्थ्य व्यवस्था, 8 हजार डाक्टर आजदेखि हड़तालमा


भोपाल, 09 मार्च (हि.स.)। मध्य प्रदेशमा आज (साेमवार) स्वास्थ्य सेवाहरू प्रभावित हुनसक्छ। प्रदेशका सरकारी मेडिकल कलेजहरूमा कार्यरत लगभग 8 हजार रेजिडेन्ट डाक्टर, सीनियर रेजिडेन्ट तथा इन्टर्नले सोमवार बिहान 9 बजेदेखि हड़ताल गरेका छन्। हड़तालले गर्दा डाक्टरहरूले ओपीडीमा रोगीहरूको जाँच गर्ने छैनन् तथा सामान्य अपरेशन पनि गर्ने छैनन्। अति गम्भीर रोगीहरूको मात्र उपचार जारी रहनेछ।

जूनियर डाक्टर्स एसोसिएशनको नेतृत्वमा यो हड़ताल थाँतीमा रहेको स्टाइपेण्ड संशोधनलाई लागू गर्ने मागलाई लिएर गरिरहेको छ। डाक्टरहरूको भनाइ छ, सरकारको आदेशानुसार सीपीआई आधारित स्टाइपेण्ड संशोधन 1 अप्रेल, 2025-देखि लागू हुनुथ्यो, तर अहिलेसम्म पनि यसलाई लागू गरिएको छैन न त बाँकी एरियर नै भुक्तान भएको छ।

डाक्टरहरू अनुसार यस सम्बन्धमा कैयौं पटक सरकार तथा सम्बन्धित विभागहरूसित निवेदन गरिसकिएको भए पनि अहिलेसम्म कुनै ठोस निर्णय लिइएको छैन। यसबाट असन्तुष्ट डाक्टरहरूमा रोष बढ़्दै गइरहेको छ।

हड़तालको कारणले प्रदेशका मेडिकल कलेजहरूमा हर्निया, रड इम्प्लान्ट सहित केही सामान्य अपरेशनहरू स्थगित हुनसक्छ जसबाट रोगीहरूलाई समस्या हुनेछ। तथापि डाक्टरहरूले स्पष्ट पारेका छन्, आपतकालीन सेवा र गम्भीर रोगीहरूको उपचार पहिला जस्तै जारी रहनेछ।

जूनियर डाक्टर्स एसोसिएशनका डा. ब्रिजेन्द्रले बताए, हड़तालको सूचना प्रदेशका सबै मेडिकल कलेजका डीन एवं विभागीय अध्यक्षहरूलाई दिसकिएको छ। यसान्तर्गत ओपीडी र अन्य इलेक्टिभ सेवाहरूलाई बहिष्कार गरिनेछ।

स्मरण गराइन्छ, जूनियर डाक्टरहरूले पछिल्लो तीन दिनदेखिको कालो पट्टी बाँधेर शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका थिए। डाक्टरहरूको भनाइ छ, उनीहरूको आन्दोलन शासनद्वारा जारी आदेशलाई क्रियान्वयन गर्नुपर्ने तथा बाँकी एरियर भुक्तान गर्नुपर्ने मागलाई लिएर हो। डाक्टरहरूले चेताउनी दिएका छन्, यदि सरकारले चाँड़ै फसेला गरेन भने आन्दोलन अझ तीव्र हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande