मणिपुरमा तीनजना मादक तस्कर तथा एकजना वाहन चोर पक्राउ
मणिपुरमा तीनजना मादक तस्कर तथा एकजना वाहन चोर पक्राउ


इम्फाल, 09 मार्च (हि.स.)। मणिपुर पुलिस एवं सुरक्षा बलहरूले गुप्त सूचनाको आधारमा मोरेहस्थित एक होटलबाट तीजना ड्रग्स तस्करहरूलाई पक्राउ गरेका छन्। यसरी नै अर्को अभियानमा एकजना चतुर वाहन चोरलाई पनि पक्राउ गरिएको छ।

मणिपुर पुलिस मुख्यालयद्वारा साेमवार दिइएको आधिकारिक सूचना अनुसार पक्रा पर्ने तस्करहरूको पहिचान लेटमिनलुन खोंगसाई उपनाम मिनलुन खोंगसाई (35), जामगौलेन हाओकिप (28) औ देइखोलम चोंगलोई (57)- को रूपमा गरिएको छ। यी तस्करहरूबाट 2.3 किलोग्राम डब्ल्यूवाई ट्याबलेट (याबा ट्याबलेट), 2 लाख 200 रुपियां नकद, दुई वटा सुनको पेण्डेन्ट, एउटा चार चक्के वाहन, कालो रंगको थार (एमएल-05एई-0201), तीन वटा मोबाइल फोन र दुई वटा आधार कार्ड जफत गरिएको छ। यो पक्राउ एवं रिकभरी मणिपुर पुलिस र एनसीबी समेत अन्य सहयोगी एजेन्सीहरूबीच सूचना शेयरिंगपछि गरिएको होष

यस अतिरिक्त थौबल जिल्लाको लिलोंग ताइरेनमाखोंगका एकजना चतुर वाहन चोर सालेह खान (28)-लाई पक्राउ गरियो। पुलिसले बताएको छ, वाहन चोरलाई त्यसबेला पक्राउ गरियो जतिबेला उसले पाओना बजारबाट एउटा टू-व्हीलर होण्डा एक्टिभा (एएस-11वी-9668) चोरी गर्ने प्रयास गरिरहेको थियो। आरोपीबाट एउटा मोबाइल फोन, एउटा कटर, स्क्रू ड्राइभर जस्ता आपत्तिजनक वस्तुहरू जफत गरियो। पक्रा पर्ने आरोपीलाई अग्रिम जाँचको लागि इम्फाल वेस्ट जिल्लाको सिटी थानाको कस्टडीमा राखिएको छ जहाँ उसित गहन जाँचबुझ भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande