
नदिया, 09 मार्च (हि.स.)। जिल्लाको फूलिया क्षेत्रमा सोमवार बिहान रेल लाइनको किनारमा घुमिरहेका एकजना 70 वर्षीय वृद्धको ट्रेनको चपेटम परी मृत्यु भयो। मृतकको पहिचान गौरांग बासकको रूपमा भएको छ।
परिवार तथा स्थानीय सूत्र अनुसार गौरांग बसाक सदा जस्तै सोमवार बिहान पनि घुम्नका लागि घरबाट गएका थिए। उमेर सम्बन्धि केही शारीरिक समस्याहरू सहित उनले कान पनि राम्ररी सुन्दैन थिए। भनिन्छ, तिनी फूलियास्थित आफ्नो घरदेखि केही टाड़ा रेल लाइनको किनारमा रहेको बाटोमा हिँड़िरहेका थिए।
प्रत्यक्षदर्शीहरूको अनुमानमा शान्तिपुर-सियालदह डाउन लोकल ट्रेन त्यहाँबाट गुज्रिँदा सम्भवतः उक्त ट्रेनको हर्न नसुनेर उनी अचानक ट्रेनको चटेपमा परे होलान्। ट्रेनको ठक्कर लागेपछि तिनी उछिटिएर टाड़ा पुगेर झरे जसले गर्दा तिनको घटनास्थलमै मृत्यु भयो।
घटना बारे जानकारी पाउनसाथ परिवार तथा स्थानीय मानिसहरू घटनास्थलमा पुगे। परिवारको रोएर बेहाल भएको छ। अर्कोतिर सूचना पाएर रेल पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि पठाइदियो। पुलिसले अस्वभाविक मृत्युको मामिला दर्ता गरी घटनाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा