
पश्चिम मेदिनीपुर, 09 मार्च (हि.स.)। जिल्लामा आगामी विधानसभा चुनाउअघि सड़कहरूको जीर्ण स्थिति एउटा ठूलो मुद्दाको रूपमा उदाइरहेको छ। पछिल्लो वर्षको बर्खा याममा जिल्लाका धेरैवटा ग्रामीण क्षेत्रहरूमा जीर्ण सड़कहरूलाई लिएर विरोध प्रदर्शन तथा पथावरोध भएका घटनाहरू सामु आएका थिए। यसैलाई मध्यनजर गर्दै राज्य सरकारको ‘पथश्री-चार’ परियोजना अन्तर्गत जिल्लामा ठूलो संख्यामा नयाँ सड़कहरूको निर्माणलाई स्वीकृति दिइएको छ।
प्रशासनिक सूत्र अनुसार पश्चिम मेदिनीपुर जिल्लामा यस परियोजना अन्तर्गत 683 वटा सड़कहरूको निर्माणले स्वीकृति पाएको छ। यी सड़कहरूको मोठ लम्बाई एक हजार किलोमीटरभन्दा अधिक रहेको बताइएको छ र यसको लागि 500 करोड़ रुपियाँको बजट निर्धारण गरिएको छ।
सोमवार जिल्ला परिषदकी सभाधिपति प्रतिभारानी माइतीले बताइन्, अधिकांश सड़कहरूको लागि टेण्डर प्रक्रिया पूरा गरिएको छ भने कतिपय स्थनहरूमा निर्माण कार्य पनि शुरू भइसकेको छ। उनले बताइन्, प्रशासनलाई निरर्देश दिइएको छ कि चुनाउपूर्व अधिकभन्दा अधिक सड़कहरूको काम पूरा गरियोस्।
प्रशासनिक जानकारी मुताविक शुरूमा जिल्लाको निम्ति 659 वटा सड़कहरूलाई स्वीकृति दिइएको थियो, तर गड़बेता, चन्द्रकोणा, घाटाल, डेबरा र सबंग जस्ता जलभराउ प्रभावित क्षेत्रहरूमा गत वर्षको बर्खामा धेरै वटा सड़कहरू क्षतिग्रस्त भएको कारणले पछि संख्या बढ़ाएर 683 वटा बनाइयोे। 682 वटा सड़कहरूलाई टेण्डर प्रक्रियामा सामेल गरिएको छ भने 653 वटा सड़कहरूको टेण्डर पूरा भइसकेको छ। अहिलेसम्ममा 644 सड़कहरूको लागि वर्क अर्डर जारी गरिएको छ जसमा 28 वटा सड़कहरूको निर्माण कार्य पूरा भइसकेको छ र अन्य रहल सड़कहरूको काम भइरहेको छ। सड़कको निर्माण कार्य जिल्ला परिषद, ब्लक प्रशासन, एसआरडीए र एमबीएल जस्ता एजेन्सीहरूले गरिरहेका छन्।
तथापि विपक्षी दलहरूले चुनाउपूर्व सड़कहरू निर्माण गर्ने पहलमाथि प्रश्न उठाएका छन्। भाजपाका मेदिनीपुर जिल्ला प्रवक्ता अरूप दासले भने, चुनाउ आउनु ठीक अगाड़ि सड़क निर्माणको घोषणाले मानिसहरूलाई भ्रमित पार्न सकिँदैन र मानिसहरूले पछिल्ला वर्षहरूको समस्यालाई भुल्न सक्दैनन्।
जिल्ला परिषदको भनाइ छ, पथश्री योजना मात्र होइन, आदिवासी विकास विभाग, अल्पसंख्यक विभाग र लोक निर्माण विभागद्वारा पनि जीर्ण सड़कहरूको मरम्मत तथा निर्माण कार्य गरिँदैछ ताकि भविष्यमा मानिसहरूलाई यातायातमा समस्या नहोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा