
श्रीनगर 09 मार्च (हि.स.)। अमेरिका-इजराइलको हवाई हमलामा भएको ईरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईको मृत्युको विरोधमा भएका प्रदर्शनहरूलाई मध्यनजर गर्दै कश्मीर एक सातासम्म बन्द राखिएका शिक्षण संस्थानहरूलाई सोमवरादेखि खोलिएको छ।
सम्बन्धित एकजना अधिकारीले बताए, स्कूल लगायत अन्य उच्च शिक्षण संस्थानहरूले आजदेखि पुनः आफ्नो कामकाज शुरू गरिरहेका छन्। सोमवार बिहान स्कूल यूनिफर्म लगाएका विभिन्न आयु वर्गका विद्यार्थीहरू आ-आफ्नो संस्थानहरू तर्फ प्रस्थान भए। गत 28 फरवरीमा खामेनेईको हत्या भएपछि घाटीमा भएको प्रदर्शनको कारणले पछिल्लो सोमवारदेखि स्कूल, कलेज र विश्वविद्यालयहरूलाई एक सप्ताहको लागि बन्द गरिएको थियो।
शीतकालीन अवकाशपछि माध्यमिक स्कूल र उच्च शिक्षण संस्थानहरू गत 23 फरवरीसम्ममा खोलिएका थिए भने मध्य तथा प्राथमिक स्कूलहरूलाई 2 मार्चसम्ममा खोल्नु थियो, तर प्रदर्शनको कारणले यसमा ढिल्याई भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा