टी20 विश्व कपमा भारतले जितेकोमा मुख्यमन्त्रीले दिए शुभकामना
टी20 विश्व कपमा भारतले जितेकोमा मुख्यमन्त्रीले दिए शुभकामना


गुवाहाटी, 09 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले टी20 विश्व कपमा भारतले बेजोड़ जीत हासिल गरेकोमा आफ्नो शुभकामना प्रेषित गरेका छन्। सोशल मीडियामा देशभरिबाटै बधाईहरूको ताँत लागेको छ। यसबीच मुख्यमन्त्री डा.सरमाले पनि आफ्नो पक्षबाट शुभकामना सन्देश प्रेषित गरेका छन्।

मुख्यमन्त्रीले सोशल मीडिया फेसबुकमा म्याचको एउटा भीडियो क्लीप शेयर गर्दै लेखेका छन्, बिना कुनै शंका टी20 च्याम्पियन। “टीम इण्डियाले इतिहास मात्र दोहोऱ्याएको छैन जबकि इतिहासलाई नै परास्त गरिदिएको छ।” “हामीले ट्रफी बचायौँ, हामीले यसलाई लगातार दोस्रो पटक आफ्नो मैदानमा उठायौं। भारतले एकदमै राम्रो खेल्यो, टोर्नामेन्टभरि नै प्रभाव देखियो।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande