
कोलकाता, 09 मार्च (हि.स.)। कोलकातामा कामरहाटी नगरपालिका क्षेत्रको एक फ्ल्याटमा भएको छापामारीमा लगभग 70 कराेड़ रुपियाँ जाली नोट जफत भेटिएपछि दम्पत्ति सहित सातजना मानिसहरूलाई पक्राउ गरिएको छ। यो कारबाही नेपाल पुलिस र पश्चिम बंगाल पुलिसको संयुक्त टीमले गरेको हो।
अधिकारीहरूले सोमवार बताए, बेलघरिया क्षेत्रमा कामरहाटी नगरपालिका अधिनस्थ एक अपार्टमेन्टमा छापा मारियो जसमा फलामको बक्सामा राखिएको लगभग 70 कराेड़ रुपियाँको फेस भ्याल्यु भएको जाली नोट भेटियो। यस अवधि 12 वटा मोबाइल फोन र एउटा लग्जरी कार पनि जफत गरियो।
पक्रा पर्ने आरोपीहरूमा स्थानीय निवासी दीपा धर र उनका पति अरिन्दम धर पनि सामेल छन्। दीपा यसै क्षेत्रकी निवासी हुन् भने अरिन्दम हरिनावी (सोनापुर) निवासी रहेको बताइएको छ। दुवैको विवाह केही वर्षअघि भएको थियो। दम्पत्ति वर्ष 204-मा नेपाल गएका थिए जहाँबाट यिनीहरू यस जाली नोटको ऱ्याकेटमा जोड़िएको आशंका व्यक्त गरिँदैछ।
अधिकारीहरूले बताए, आरोपीहरूले कथित रूपमा भीडियो कलको माध्यमबाट व्यापारीहरूसित सम्पर्क गरे। उनीहरूले जली नोटको बण्डल देखाएर यस्तो निवेश योजनाहरूको प्रलोभन देखाउँथे जसमा असामान्य रूपमा अधिक मुनाफा दिने वाचा गरिन्थ्यो।
एकजना अधिकारी अनुसार आरोपीहरूको दाबी हुन्थ्यो कि निवेश गरिएको राशि छोटो समयमै दुई गुणा हुनेछ। जाँच एजेन्सीहरूले आशंका व्यक्त गरेका छन्, यो गिरोह कुनै ठूलो अन्तर्राष्ट्रिय जाली नोट तस्करी नेटवर्कसित जोड़िएको हुनसक्छ।
पुलिस मुताविक पक्रा पर्ने सातजनामध्ये एकजना नेपाली नागरिक सामेल छन्। सबै आरोपीहरूसित गहन जाँचबुझ गरिँदैछ ताकि जाली नोटहरूको श्रोत र यस गिरोहका अन्य सदस्यहरूको बारेमा पत्तो लगाउन सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा