बिरलाको पेन्ट फ्याक्ट्रीविरूद्ध जमीनदाताहरूको असन्तुष्टि
बिरलाको पेन्ट फ्याक्ट्रीविरूद्ध जमीनदाताहरूको असन्तुष्टि


पश्चिम मेदिनीपुर, 09 मार्च (हि.स.)। जिल्लाकेो खड़गपुर ग्रामीण थाना अन्तर्गत रूपनारायणपुर क्षेत्रमा अवस्थित खड़गपुर विद्यासागर इण्डस्ट्रियल पार्कमा निर्मित नयाँ पेन्ट फ्याक्ट्रीलाई लिएर जमीनदाताहरूको असन्तुष्टि बढ़्दो छ। बिरला समूहको यस फ्याक्ट्रीमा जमीन दिने परिवारहरूले वाचा पूरा नभएको आरोप लगाएका छन्।

जमीनदाताहरूको भनाइ छ, फ्याक्ट्री निर्माण गर्दा उनीहरूको जमीनको सट्टा परिवारका सदस्यहरूलाई नोकरी दिने आश्वासन दिइएको थियो। तर फ्याक्ट्री संचालनमा आएपछि जमीन दिने परिवारहरूका कुनै पनि सदस्यलाई रोजगार दिइएन। आरोप छ, स्थानीय मानिसहरूलाई बेवास्ता गरेर बाहिरबाट मानिसहरूलाई ल्याएर फ्याक्ट्रीमा नियुक्त गरिँदैछ।

यसै मागलाई लिएर सोमवार खड़गपुरको रूपनारायणपुरमा 14 वटा मौजाका जमीनदाता परिवारहरूले विरोध प्रदर्शन गरे। जमिहारा परिवार संग्रह समितिको ब्यानरमा नोकरीको निम्ति नियुक्ति पत्रको मागमा आन्दोलन गरियो। सोमवार साँझ लगभग 4 बजे प्रदर्शनकारीहरूले पहिला विरोध मार्च निकाले, त्यसपछि ग्रासिम फ्याक्ट्री तर्फ गए। फ्याक्ट्री अगाड़ि पुगेर जमीनदाताहरूले व्यापक प्रदर्शन गर्दै प्रबन्धनको विरोधमा नाराबाजी गरे।

प्रदर्शनकारीहरूले चेताउनी दिए, यदि जमीनदाता परिवारहरूलाई चाँड़ै नोकरी नदिए अझ व्यापक रूपमा आन्दोलन गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande