
झाड़ग्राम, 09 मार्च (हि.स.)। झाड़ग्राम जिल्लाको बेलपहाड़ी क्षेत्रमा स्वास्थ्य सेवालाई सशक्त बनाउने दिशामा ठूलो कदम उठाइँदैछ। बेलपहाड़ी रूरल हस्पिटललाई चाँड़ै नै सुपर स्पेशियलिटी अस्पतालको रूपमा विकसित गर्ने योजना बनाइएको छ। अस्पतालमा पलंगहरूको संख्या बढ़ाउनको साथै विशेषज्ञ डाक्टरहरूको नियुक्ति, सीटी-स्क्यान र सीसीयू जस्ता आधुनिक सुविधाहरू पनि उपलब्ध गराइनेछ।
वास्तवमा अमलाशोल, कांकड़ाझोड़ औ बांशपहाड़ी जस्ता सीमावर्ती तथा दुर्गम क्षेत्रका रोगीहरूलाई उपचारको निम्ति लगभग 24 किलोमीटर टाड़ामा अवस्थित बेलपहाड़ी ग्रामीण अस्पतालमाथि निर्भर रहनुपर्छ। स्थानीय मानिसहरूले दीर्घकालदेखि नै एउटा सुपर स्पेशियलिटी अस्पतालको माग गर्दै आइरहेका छन्। गत शनिवार जिल्लाको स्वास्थ्य ढाँचाको निरीक्षण गर्न आएका राज्यका प्रधान स्वास्थ्य सचिवले पनि यस मागलाई गम्भीर रूपमा लिएर सकारात्मक संकेत दिएका थिए।
सोमवार बिहान अस्पताल प्रशासनले कुराको पुष्टि गऱ्यो, आगामी दिनमा अस्पतालको ढाँचा र स्वास्थ्य सेवाहरूमा व्यापक तथा सुव्यवस्थित परिवर्तन देखिनेछ। यसबाट क्षेत्रका हजारौं ग्रामीणहरूले उन्नत तथा आधुनिक सुविधा पाउने आशा बढ़ेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा