
खरसाङ , 09 मार्च (हि.स.)। खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बत 13 को बूथ नम्बर 195 अनि 196 मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) काे बुथ कमिटी गठन गरिएको छ। अमृत 2.0 परियोजनाको देखरेख सुनिश्चित गर्न कमिटी गठन र आगामी विधानसभा चुनाउलाई लिएर बुथ कमिटी गठन गर्न आज वार्ड नम्बर 13 काे भागोप्रमो खरसाङ महकुमा कार्यालयमा सभा सम्पन्न भयो।
टाउन कमिटीका वरिष्ठ सदस्य शाम शूल हकको अध्यक्षतामा सम्पन्न भएको सभालाई खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रीन, केन्द्रिय समिति सदस्य तथा खरसाङ महकुमा क्षेत्रका चुनाउ प्रभारी समीरदीप ब्लोन, खरसाङ महकुमा नारी शक्ति अध्यक्ष तथा खरसाङ नगरपालिका क्षेत्रकी चुनाउ प्रभारी सबिता कार्की, खरसाङ महकुमा समिति युवा शक्तिका अध्यक्ष प्रेमेन्द्र गुरुङ्ग, टाउन कमिटी नारी शक्ति अध्यक्ष देवकी प्रधान सुब्बा र टाउन कमिटीका सांगठनिक सचिव मैत्र सेन शर्माले सम्बोधन गरे थिए।
सभामा बुथ नम्बर 195 को निम्ति संयोजक शाम शूल हकसंगै 13 जना सदस्य अनि बुथ नम्बर 196 को निम्ति संयोजक सरस्वती गिरीसंगै 11 जना लिएर बुथ कमिटी गठन गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक