
बीरभूम, 09 मार्च (हि.स.)। पश्चिम बंगालको बीरभूम जिल्लाको सिउड़ी जिल्ला अदालतमा सोमवार फेरि एकपटक बम रहेको सूचनाले खैलाबैला मचायो। सप्ताहको पहिलो कार्यदिवसमा अदालत परिसरमा बम राखिएको सूचना ई-मेल मार्फत प्राप्त भएपछि प्रशासनमा हलचल मचियो।
खबर पाउनसाथ सिउड़ी थानाका एकजना अधिकारीको नेतृत्वमा पुलिस बल र बम निरोधक दल घटनास्थलमा पुग्यो अनि सम्पूर्ण अदालत परिसरको गहन जाँच अभियान संचालन गऱ्यो। तथपि अबेरसम्म जाँच गरिए पनि कुनै पनि प्रकारको संंदिग्ध बस्तु फेला परेन।
भनिन्छ, सोमवार बिहान एक अज्ञात ई-मेल आईडीबाट जिल्ला अदालतलाई सन्देश पठाएर दाबी गरिएको थियो कि अदालत परिसरमा बम राखिएको छ जुन कुनै पनि समय विस्फोट हुनसक्छ। त्यसपछि पुलिस तुरून्तै सक्रिय भएर सुरक्षाको ठोल प्रबन्ध गऱ्यो।
स्मरण गराइन्छ, यसपूर्व पनि राज्यका अन्य अदालत परिसरहरूमा जस्तै सिउड़ी जिल्ला अदालतमा पनि यसरी नै बम राखिएको अफवाह फैलिसकेको छ। त्यसबेला पनि खोजी अभियानमा त्यस्तो केही पनि विस्फोटक भेटिएको थिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा