भाजपाले नीतीश कुमारलाई डिजीटल अरेस्ट गरेको छ, बिहारमा बेमेल गठबन्धनको सरकारः राजेश राम
भाजपाले नीतीश कुमारलाई डिजीटल अरेस्ट गरेको छ, बिहारमा बेमेल गठबन्धनको सरकारः राजेश राम


पटना, 09 मार्च (हि.स.)। प्रदेश कंग्रेस मुख्यालय, सदाकत आश्रममा बिहार प्रदेश कंग्रेस कमिटीका अध्यक्ष राजेश रामले सम्वाददाता सम्मेलनलाई सम्बोधन गर्दै भने, बिहारमा नीतीश कुमारसित हालमा भएको घटनाक्रमबाट कंग्रेसलाई कुनै आश्चर्य भएको छैन। उनले भने, यो घटना हुनु नै थियो, किनभने वर्तमान सरकार भोट चोरीको माध्यमबाट बनिएको थियो भने भारतीय जनता पार्टीले निरन्तर पर्दा पछाड़िबाट नीतीशलाई हटाउने षड़यन्त्र चरिरहेको थियो।

राजेश रामले भने, भजपाले अब नीतीश कुमारलाई डिजीटल अरेस्ट गरेको छ। सदैव समाजवादी विचारधाराको निम्ति लड़्ने नीतीश कुमारले आज त्यस लड़ाईँलाई भाजपालाई सुम्पिदिएका छन् र आरएसएसको एजेण्डासित सम्झौता गरिसकेका छन्।

उनले प्रश्न गरे, अन्ततः यस्तो के बाध्यता थियो कि नीतीश कुमार आफ्ना कार्यकर्ता तथा जनप्रतिनिधिहरूको आँशुले पनि पग्लिरहेका छैनन्।

प्रदेश कंग्रेस अध्यक्षवे आरोप लगाए, भाजपाको राजनीति सहयोगी दलहरूलाई कमजोर बनाउने वा निमिट्यान्न पार्ने नै रहिआएको छ। उनले भने, भाजपाले जसरी शिवसेनाका नेता एकनाथ शिन्देलाई आफूसित राखेर पछि मूल शिवसेनालाई कमजोर बनायो, त्यसरी नै अकाली दललाई पनि कमजोर बनायो।

उनले भने, भाजपाले एनसीपी नेता शरद पवारको पार्टीलाई फुटाउने काम गऱ्यो भने बीजू जनता दलका नेता नवीन पटनायकसित पनि केही क्षेत्रीयतालाई बिस्तारै समाप्त गर्ने रणनीति अप्नायो।

राजेश रामले भने, भाजपाको इतिहास नै रहिआएको छ कि उसले पहिला आफ्ना सहयोगीहरूलाई साथमा लिएर हिँड़छ र पछि त्यसैलाई समाप्त गरिदिन्छ। उनले भने, बिहारमा भाजपा र जनता दल (यू)- को गठबन्धन पूर्ण रूपले बेमेल गठबन्धन हो जुन जनताको हितविरूद्ध छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande