
पश्चिम मेदिनीपुर, 09 मार्च (हि.स.)। जिल्लाको घाटाल-पाँंशकुड़ा राजमार्गमा सोमवार अपरान्ह भएको एक पीड़ादायी सड़क दुर्घटनामा बाइक सवार एकजना वृद्धको मृत्यु भयो। मृतकको पहिचान रामपदो दोलाई (70) को रूपमा भएको छ। दोलाई घाटालको बारगोबिन्दो मंदारपुर निवासी रहेको बताइएको छ।
प्रत्यक्षदर्शीहरू अनुसार बाइक सवार हेलमेट लगाएर आफ्नै लेनमा गइरहेको थियो। यत्तिकैमा द्रूत गतिमा आएको चामल लादिएको ट्रकले बाइकलाई ठक्कर दियो। यस भयानक ठक्करपछि ट्रक बाइक सवारको टाउकोमाथि चढ़्यो जसबाट उसको घटनास्थलमै मृत्यु भयो। घटनापछि क्षेत्रमा कोकोहोलो मचियो अनि ठूलो संख्यामा मानिसहरू भेला भए।
सूचना पाउनसाथ घाटाल थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि घाटाल महकुमा अस्पतालमा पठाइदियो। अर्कोतिर पुलिसले पछ्याएर ट्रकलाई घाटालको निमतला चौक निकटबाट जफत गऱ्यो तथापि चालक भने घटनास्थलबाट भाग्यो। चालकलाई खोज्नको लागि पुलिसले छापामारी गरिरहेको छ।
स्थानीय मानिसहरूको भनाइ छ, घाटाल-पाँशकुड़ा राजमार्ग धेरै व्यस्त सड़क हो, तर यहाँ पर्याप्त पुलिसको निगरानी रहँदैन। त्यसैले हिजोआज प्रायजसो नै दुर्घटनाहरू भइरहन्छ जसलाई केन्द्र गर्दै ट्राफिक नियन्त्रण तथा पुलिस व्यवस्थालाई मजबुत बनाउन आवश्यक छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा