
पूर्व मेदिनीपुर, 09 मार्च (हि.स.)। मेदिनीपुर जिल्लाको शहीद मातंगिनी ब्लकको मेचेदास्थित रामतारक हाट क्षेत्रमा नहर मरम्मत गर्ने क्रममा माटो धसिएर ठूलो घटना घट्यो। यस घटनामा सोवादिघी नहर किनारमा रहेका लगभग 60-70 वटा दोकनहरू अचानक भत्किए। यस घटनामा कुनै पनि प्रकारको मानवीय क्षति भएको सूचना प्राप्त भएको छैन, तर दोकानहरूमा राखिएका सामान्हरू क्षतिग्रस्त भएको छ।
स्थानीय सूत्र अनुसार लामो समयपछि सोवादिघी नहरको सफाई तथा मरम्मत कार्य शुरू भएको थियो। पछिल्लो केही दिनदेखि नहरको किनारमा माटो काट्ने काम भइरहेको थियो। आरोप छ, काम सही ढंगमा गरिएन। माटोलाई मजबुत नबनाई गहिराईसम्म खनियो जसले गर्दा किनारको जमीम कमजोर भएर अचानक धसियो।
दोकानदारहरूको भनाइ छ, पछिल्लो केही दिनदेखिकै जमीन चिरिरहेको थियो पछि यो बढ़्दै गयो अनि अचानक केही दोकानहरू धसिएर ढल्यो।
दोकानदारहरूले यो पनि आरोप लगाए, नहरको खनन कार्य वैज्ञानिक ढंगमा गरिएन। अन्य स्थानहरूको तुलनामा यस क्षेत्रमा अधिक गहिराईसम्म माटो निकालिएको थियो जसले गर्दा सन्तुलन बिग्रियो अनि जमीन धसिएर यो दुर्घटना भयो।
घटनाको खबर पाउनसाथ शहीद मातंगिनी ब्लकका बीडीओले घटनास्थलमा पुगेर स्थितिको जायजा लिए। हाल त्यस क्षेत्रमा काम बन्द गरिएको छ। प्रशासनले मामिलाको जानकारी सिंचाई विभागलाई दिएको छ।
यस घटनालाई लिएर राजनीतिक बयानबाजी पनि शुरू भएको छ। भाजपाले आरोप लगाएको छ, सत्तासिन पार्टीको संरक्षणमा माटो माफियाले अवैज्ञानिक ढंगमा खनन कार्य गरिरहेको थियो फलस्वरूप यो घटना भयो। जबकि तृणमूल कंग्रेसले उक्त आरोपलाई खारेज गरिदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा