
पूर्व मेदिनीपुर, 09 मार्च (हि.स.)। तमलुक नगरपालिकाको 19 नम्बर वार्डमा 350 मीटर लामो ढलाईको सड़क निर्माणलाई लिएर तृणमूल कंग्रेस तथा भारतीय जनता पार्टी (भाजपा) बीच श्रेयको राजनीति शुरू भएको छ। सड़क निर्माणको काम हाल रोकिएको छ जबकि ‘पथश्री’ परियोजना अन्तर्गत यो कार्य पहिला नै पूरा हुुनुथ्यो।
जानकारी अनुसार 19 नम्बर वार्डको चाँदखोआ उत्तरपल्ली मैदानपाड़ा क्षेत्रमा लामो समयदेखिकै कच्ची सड़क रहिआएको छ। यस सड़कलाई लगभग 350 मीटरसम्म ढलाई गर्ने योजनालाई लिएर दुई दलबीच श्रेयको राजनीति शुरू भएको छ।
तृणमूलको दाबी छ, पछिल्लो 12 मार्च, 2024 मा मुख्यमन्त्री ममता ब्यनर्जीले भर्जुअली यस सड़क परियोजनाको शिलान्यास गरेकी थिइन्। तर लामो समयसम्म धन आवन्टन नभएको कारणले काम शुरू हुन सकेको थिएन जसले गर्दा स्थानीयहरू कच्चा सड़कमै यातायात गर्न बाध्य थिए।
तृणमूल नेता तथा चेयरम्यान नोमिनी सोमा घोष दासको भनाइ छ, ‘दिदीलाई भन’ कार्यक्रमको माध्यमबाट स्थानीय मानिसहरूले मुख्यमन्त्रीसित सड़क निर्माणको माग गरेका थिए जसपश्चात परियोजनाले स्वीकृति पायो। अर्कोतिर सोही वार्डकी भाजपा पार्षद शबरी चक्रवर्तीको दाबी छ, वर्ष 2022-मा क्षेत्रका मानिसहरूको हस्ताक्षर लिएर नगरपालिकामा आवेदन गरिएको थियो जसको आधारमा सड़क निर्माणले स्वीकृति पाएको हो। उनको आरोप छ, सरकारी काममा स्थानीय पार्षदलाई बेवास्ता गरेर अन्य मानिसहरूलाई अगाड़ि राखेर श्रेय लिने चेष्टा गरिँदैछ।
यस सम्पूर्ण विवादमा सोमवार तमलुक नगरपालिकाका चेयरम्यान बैद्यनाथ सिन्हाले भने, लोकसभा चुनाउपूर्व मुख्यमन्त्रीले प्रत्येक वार्डको लागि दश लाख रुपियाँ आवन्टन गरेकी थिइन्। भर्चुअली परियोजनाको उद्घाटन पनि गरेकी थिइन्। लामो समयपछि अब काम शुरू भइरहेको छ, तर सफाई कार्य अवधि केही तकनिकी समस्या सामु आएको छ।
उनले बताए, नगरपालिकाका इञ्जीनियरलाई घटनास्थलमा पुगेर समस्याको जाँंच गर्ने निर्देश दिइएको छ र चाँड़ै सड़क निर्माणको कार्य शुरू गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा