'नारी शक्ति वन्दन अधिनियम' को समर्थनमा राजधानीमा विराट र्याली निकालियो
Nari shakti vandhan adiniyam rally


Nari shakti vandhan adiniyam rally


नारी शक्ति वन्दन अधिनियम


गान्तोक, 17 अप्रेल (हि.स.)। राजधानी गान्तोकमा 'नारी शक्ति वन्दन अधिनियम' को समर्थन एवं स्वागतमा एक विराट र्याली निकालिएको छ। शुक्रबार बिहान निकालिएको उक्त र्याली देवरालीस्थित टाटा स्ट्याण्डबाट शुरु भएर पाल्जोर स्टेडियमममा समापन भ‌‌‌यो।

'नारी शक्ति वन्दन अधिनियम' ले देशका महिलाहरुलाई लोकसभा र राज्य विधानसभाहरूमा 33 प्रतिशत आरक्षण सुनिश्चित गर्नेछ। यसको उद्देश्य निर्णय‑निर्माणको प्रक्रियामा महिलाहरूको भागीदारी बढ़ाएर नीति‑निर्माणलाई अधिक सन्तुलित र समावेशी बनाउनु रहेको छ। यो अधिनियम 2029 को लोकसभा चुनाउदेखि लागू हुने अपेक्षा गरिएको छ।'नारी शक्ति वन्दन अधिनियम' को आयोजना नारी शक्तिको ब्यानरमा गरिएको थियो। गैर राजनीतिक रुपमा आयोजित यो र्यालीमा सिक्किमको छवटै जिल्लाबाट भारी संख्यामा नारीहरूको सहभागिता देखियो। र्यालीको अगुवाई मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण कुमारी राई लगायत विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा, विधायक कला राई र विधायक पामिन लेप्चाले गरेका थिए।देवरालीको टाटा स्ट्याण्डबाट र्याली शुरु भएपछि सहभागी नारीहरूले 'नारी शक्ति वन्दन अधिनियम' को समर्थनमा गगनभेदी नारा लगाए। नारीहरूले यस ऐतिहासिक अधिनियमको लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद पनि दिएका थिए। र्यालीमा सिक्किम सरकारका वरिष्ठ महिला अधिकारीहरूका साथै समाजकाे हरेक क्षेत्रका महिला प्रतिनिधिहरूले सक्रिय रूपमा भाग लिए।

मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सामाजिक सञ्जाल प्लेटफर्ममा 'नारी शक्ति वन्दन अधिनियम' को समर्थनमा र्याली निकालेर सिक्किमका नारीहरूले एक सशक्त एकताको प्रदर्शन गरेको उल्लेख गरेका छन्। उनले यस र्यालीमा नारीहरूको ठूलो सहभागिताले राज्यमा नारी शक्तिको बल, चेतना र सामूहिक संकल्पलाई उजागर गरेको बताएका छन्।

मुख्यमन्त्रीले भने, 'प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा परिकल्पना गरिएको यो ऐतिहासिक पहल महिला सशक्तिकरणतर्फको एक महत्वपूर्ण कदम हो।'

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande