
खरसाङ, 19 अप्रेल (हि.स.)। तीनधारेमा आज गोर्खा जनमुक्ति मोर्चाको चुनावी सभा सम्पन्न भएको छ। उक्त चुनावी सभा तीनधारेको क्रिकेट बजारस्थित 251 बुथमा गोजमुमो अध्यक्ष बिमल गुरुङको निर्देशन र अशोक राईको अध्यक्षतामा सम्पन्न भएको बताइएको छ। गोर्खा जनमुक्ति युवा मोर्चाको केन्द्रिय सदस्य योगराज प्रधानको तत्परतामा आयोजित सभामा भारतीय जनता पार्टी र गोर्खा जनमुक्ति मोर्चाका उम्मेदवार सोनाम लामालाई यसपालीको विधानसभा चुनाउमा भारी मतले जिताउन आह्वान् गरियो।
हिन्दुस्थान समाचार / हनोक