घैयाबारीको समर्पण समाजले भागोप्रमो उम्मेदवार अमर लामालाई सघाउने
घैयाबारीको समर्पण समाजले भागोप्रमो उम्मेद्वार अमर लामालाई सघाउने


तीनधारे, 19 अप्रेल (हि.स.)। तीनधारे महानदी समष्टि अन्तर्गत घैयाबारीको 257 बुथमा स्थानीय समर्पण समाजको सभा समाज आज सभापति हरिबहादुर खातीको सभापतित्वमा सम्पन्न भयो। सभाको मुख्य विषय आगामी 23 अप्रेलमा सम्पन्न हुने विधानसभा चुनाउ विषय लिएर चर्चा गर्नु रहेको थियो।

सभामा व्यापक छलफलपछि समाजका उपस्थित सदस्यहरुले साथै समाजका 40 परिवारले विगतमा झैं यसपाली पनि पहाडमा क्षेत्रीयता बचाउने पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई नै सहयोग गर्ने भएका छन्। यसपाली खरसाङका भागोप्रमोका उम्मेदवार अमर लामालाई समर्थन गर्ने निर्णय लिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande