अमर लामाद्वारा तकदाह टिस्टाभेल्लीका विभिन्न स्थानहरुमा चुनाउ प्रचार
अमर लामाद्वारा तकदाह टिस्टाभेल्लीको विभिन्न स्थानहरुमा चुनाव प्रचार


- हामी पहाडका तीनैवटा सिट जित्छौं: अमर लामा

खरसाङ, 19 अप्रेल (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ विधानसभा समष्टिका उम्मेदवार अमर लामाले क्षेत्रका विभिन्न स्थानहरुमा आफ्नो चुनाउ प्रचार जारी राखेका छन्। यसै क्रममा उनले आइतवार खरसाङ विधानसभा समष्टि अन्तर्गत तकदाह टिस्टाभेल्लीका विभिन्न स्थानहरुमा मानिसहरुलाई भेटेर भोटको निम्ति अपील गरे।

उनले तकदाह टिस्टाभेल्ली समष्टि अन्तर्गत तीनचुलेदेखि आफ्नो जनसम्पर्क अभियान साथै चुनाउ प्रचार शुरु गरेका थिए। त्यसपछि उनले यसै समष्टिको रङ्ली रङ्लियट क्षेत्रमा चुनाउ प्रचार गरे भने स्थानीय गुम्बामा पूजा अर्चना गरे। उनी बडा पुमोङको बुथ नम्बर 76 र 77 मा पुगेर एक चुनावी सभालाई सम्बोधन गरे। यसैगरी, उनी नामरिङ चियाबारी पनि पुगेका थिए।

त्यहाँबाट उनले गेल भञ्ज्याङ, जिंगलाम चियाबारी, डीपी साइट र टिस्टाभेल्ली चियाबारी क्षेत्रमा चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि अमर लामाको साथमा तकदाह टिस्टाभेल्ली समष्टिका सभासद ढेण्डुप पाख्रीन, समष्टि सभापति श्याम योञ्जन, सचिव ललित राई, समष्टि युवा शक्तिका संयोजक अतित गुरुङ लगायत अन्यहरु उपस्थित रहेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande