
जगद्दल, 19 अप्रेल (हि. स.)। उत्तर 24 परगना जिल्लान्तर्गत जगद्दलबाट भाजपा उम्मेद्वार राजेश कुमारको चुनाउ प्रचारमा बाधा दिएको आरोप उठेको छ। आइतवार उनको चुनाउ प्रचारलाई लिएर क्षेत्रको माहोल तनाउपूर्ण भयो।
भाजपा उम्मेद्वार औ राज्यका पूर्व डीजी राजेश कुमारले आरोप लगाए, उनको तय भइसकेका सबै चुनाउ प्रचारको कार्यक्रममा प्रशासनिक बाधा दिइयो, अनुमतिलाई पनि रद्द गरिदियो। यस विषयलाई लिएर उनी जगद्दल थाना अगाड़ि धरनामा बसे। उनका समर्थकहरू पनि सड़कमा बसे। पछि उनले घोषपाड़ा रोडलाई ब्लक गरेर विरोध गरे जसले गर्दा केही समयसम्म यातायात पनि बाधित भयो। स्थितिलाई निन्त्रण गर्नको लागि जगद्दल थानाबाट ठूलो संख्यामा पुलिस बल घटनास्थलमा पुग्यो।
भाजपा उम्मेद्वारले आरोप लगाए, विपक्षी पार्टीलाई राजनीतिक रूपमा रोक्ने प्रयास गरिरहेको छ। तथापि यो समाचार लेखुञ्जेलसम्म उनको यस आरोपलाई लिएर प्रशासनिक रूपमा कुनै प्रतिक्रिया प्राप्त भएको थिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा