
कोकराझार (असम), 19 अप्रेल (हि.स.)। कोकराझार जिल्लान्तर्गत श्रीरामपुर क्षेत्रमा पुलिसले एउटा ठूलो कारबाहीलाई परिणाम दिँदै प्रचुर मात्रामा ड्रग्ससितै एउटा वाहनलाई जफत गरेको छ। यस अभियानको क्रममा एकजना व्यक्तिलाई पनि पक्राउ गरिएको छ जो कथित रूपमा ड्रग्स तस्करीमा संलिप्त थियो।
पुलिस सूत्रले आइतवार बतायो, उपमण्डल पुलिस अधिकारी मोन्टुराम बोरा तथा शिमुलटापू पुलिस चौकीका अधिकारी सञ्जीव ह्याण्डिकको नेतृत्वमा गए राति संयुक्त रूपमा यो अभियान संचालन गरियो। गुप्त सूचनाको आधारमा गरिएको यस कारबाहीमा पुलिसले एक जना संदिग्ध वाहनलाई रोकेर जाँच गऱ्यो।
जाँचमा गुजरात पञ्जीकरण संख्या- जीजे-01एचडब्ल्यू-6169 भएको मारुति कारको ईन्धन ट्यांकबाट भारी मात्रामा मादक पदार्थ जफत गरियो। यो वाहन सिलचरदेखि गुवाहाटी हुँदै राजस्थानतर्फ गइरहेको थियो।
पुलिसले घटनास्थलबाट वाहन चालक वा तस्करको रूपमा चिन्हित राजस्थानको जोधपुर निवासी कृष्णराम प्रजापतलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुमानमा जफत गरिएको ड्रग्सको अनुमानित बजार मूल्य लगभग दुई करोड़ रुपियाँ रहेको बताइएको छ। पुलिसले मामिलाको गहन जाँच गरिरहेको छ। यस तस्करी नेटवर्कसित जोड़िएका अन्य मानिसहरूको खोजी जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा