
गुवाहाटी, 19 अप्रैल (हि.स.)। असम विधानसभाका उपाध्यक्ष नुमल मोमिनले गए 18 अप्रेलमा प्रधानमन्त्री नरेन्द्र मोदीको राष्ट्रको नाम सम्बोधनलाई समर्थन गर्दै भने, संसदमा महिला आरक्षण बिल पारित नहुनुले विपक्ष विशेष गरी इण्डियन नेशनल कंग्रेसको असली अनुहारलाई उजागर गरिदिएको छ।
देशको आधा आकाशको अदिकारलाई लिएर मचिएको घमासानमाथि प्रतिक्रिया व्यक्त गर्दै मोमिनले भने, कंग्रेस र उसका सहयोगीहरूको नेतृत्वमा रहेको विपक्षले महिला सशक्तिकरणलाई समर्थन गरेको बारम्बार दाबी गरे पनि यस बिललाई खारेज गरिदिए। उनले यस कदमलाई एक लज्जास्पद कृत्य बताउँदै आरोप लगाए, विपक्षले सँधै नै महिलाहरूलाई सशक्त बनाउने कुरा गर्दै आइरहेको भए पनि यसको निम्ति मौका पाउँदा पछि सऱ्यो।
उनले लोकसभामा विपक्षका नेता तथा कंग्रेस सांसद राहुल गान्धीको पनि आलोचना गर्दै आरोप लगाए, विदेश यात्रामा उनले भारतको छविलाई धमिल्याउने चेष्टा गर्दछन्। मोमिनले यो पनि दाबी गरे, विपक्षको यस्तो व्यवहारले देशको विकासलाई बाधा दिने उद्देश्य तर्फ इंगित गर्छ जुन संसदमा बिल पारित नभएपछि प्रधानमन्त्रीले गरेको टिप्पणीसित मेल खान्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा