महिला आरक्षण विधेयकः मुख्यमन्त्री सम्राट चौधरीको विपक्षमाथि हमला, भने- नारी शक्तिसित धोका भएको छ
महिला आरक्षण विधेयकः मुख्यमन्त्री सम्राट चौधरीको विपक्षमाथि हमला, भने- नारी शक्तिसित धोका भएको छ


पटना, 19 अप्रेल (हि.स.)। बिहारका मुख्यमन्त्री सम्राट चौधरीले महिला आरक्षण विधेयकलाई लिएर विपक्षी दलहरूमाथि चर्को हमला गरेका छन्। आइतवार भाजपा प्रदेश कार्यालयमा आयोजित पत्रकार वार्तामा उनले भने, नारी शक्तिको आरक्षणको अपमान गरिएको छ जुन महिलाहरूसित धोका हो।

मुख्यमन्त्रीले कंग्रेस, तृणमूल कंग्रेस (टीएमसी) औ समाजवादी पार्टी (सपा)-लाई लक्षित गर्दै भने, यी पार्टीहरूले यस मुद्दामा खुशी मनाउँदै गरेको देखियो जुन दुर्भाग्यपूर्ण छ। उनले राहुल गान्धीमाथि कटाक्ष गर्दै भने, उनकी दिदी सांसद बन्न सक्छन्, तर अन्य महिलाहरूलाई अवसर दिने कुरामा कंग्रेसको व्यवहार स्पष्ट छैन।

सम्राट चौधरीले भने, बिहार विधानसभामा वर्तमानमा 29 जना महिला विधायकहरू छन् भने महिला आरक्षण पूर्ण रूपमा लागू भएको भए यो संख्या बढ़ेर 122सम्म पुग्नसक्थ्यो। उनले यसलाई महिलाहरूको अधिकार र उनीहरूको राजनीतिक सहभागितासित सम्बन्धित महत्वपूर्ण मुद्दा बताए।

उनले पञ्चायत स्तरमा लागू 50 प्रतिशत आरक्षणको उल्लेख गर्दै भने, तथापि लगभग 59 प्रतिशत महिलाहरूले चुनाउ जितिरहेका छन् जसले नारी शक्तिको बढ़्दो सहभागिता र क्षमतालाई दर्शाउँछ। उनले भने, उनको पार्टीले देशभरिका महिलाहरूको हितमा काम गरिरहेको छ जबकि केही दलहरू परिवारवादसम्म मात्र सीमित छन्।

मुख्यमन्त्रीले आरोप लगाए, कंग्रेसले आफ्नो शासनकालमा कहिल्यै महिलाहरूलाई आरक्षण दिएन। अब अहिले यस दिशामा पहल भइरहेको बेला उसले यसको विरोध गरिरहेको छ। साथै उनले कंग्रेसमाथि दलित तथा आदिवासी हितहरूलाई अदेखा गरेको आरोप समेत लगाए।

उनले स्पष्ट पारे, राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) यस मुद्दामा पूर्ण रूपमा एकजुट भएको छ जसले महिला आरक्षणको विरोध गर्नेहरूको विरोधमा देशभरि नै आवाज उठाउनेछ। उनले भरोसा दिलाे, उनको सरकार नारी शक्तिलाई आरक्षण दिनको लागि पूर्ण रूपमा प्रतिबद्ध छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande