
कोलकाता, 19 अप्रेल (हि. स.)। पश्चिम बंगाल विधानसभा चुनाउको पहिलो चरणको मतदान हुनअघि चुनाउ आयोगले राज्य पुलिसलाई कड़ा निर्देश जारी गरेको छ। राज्यका मुख्य निर्वाचन अधिकारी मनोज कुमार अग्रवालले भनेका छन्, ममतदानको दिन कुनै पनि प्रकारको अशान्तिलाई सहन गरिनेछैन। यदि कतै कुनै पनि प्रकारको अप्रिय घटना घटे तुरून्त कारबाही गर्नुपर्छ।
मुख्य निर्वाचन अधिकारीले चेताउनी दिए, स्थिति नियन्त्रण गर्नमा लापरवाही गरेको पाइए सम्बन्धित थाना प्रभारीलाई निलम्बन गर्न सकिन्छ। उनले भने, मतदानको दिन कुनै पनि क्षेत्रबाट हतियार, बम वा गोलाबारूद पाइए सम्बन्धित थानाका प्रभारी अधिकारीलाई तत्काल कदम उठाउनुपर्छ अन्यथा आयोगले कड़ा कारबाही गर्नेछ।
बैठकमा उनले यो पनि प्रश्न राखे, पछिल्लो विधानसभा चुनाउ प्रक्रिया अवधि हिंसा तथा अशान्ति फैलाउनेहरूलाई अहिलेसम्म पक्राउ किन गरिएन? उनले जिल्ला पुलिस अधिकारीहरूलाई निर्देश दिए, यस्ता अपराधीहरूलाई चिन्हित गरी उनीहरूमाथि नजर राखियोस् जसमाथि पहिलाबाटै हिंसको मामिला दर्ता छ ताकि यिनीहरूले यस चुनाउमा पुनः अशान्ति नफैलाओस्।
आयोगले स्पष्ट पाऱ्यो, यसपालि स्वतन्त्र, निष्पक्ष औ शान्तिपूर्ण मतदान सुनिश्चित गर्नको लागि विशेष सतर्कता अप्नाइँदैछ। राज्यमा पहिलो चरणको मतदान आगामी 23 अप्रेलमा भइरहेको छ जसको निम्ति अब पाँच दिन मात्र बाँकी रहेको छ।
16 वटा जिल्लाका पुलिस अधीक्षक तथा पुलिस आयुक्तहरूलाई गए शनिवार अबेर राती पठाएको निर्देशमा मनोज कुमार अग्रवालले भने, चुनाउ अवधि शान्ति कायम राख्नमा पुलिसको भूमिका सबैभन्दा महत्वपूर्ण हुनेछ। भनिन्छ, पहिलो चरणको मतदानमाथि निगरानी राख्नको लागि 40 हजारभन्दा अधिक राज्य पुलिसकर्मीहरूलाई तैनाथ गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा