नन्दीग्राममा अभिषेकले गरे ठूलो वाचाः 50 दिनभित्रमा हल्दी नदीमा पुल निर्माण हुने
नन्दीग्राममा अभिषेकले गरे ठूलो वाचाः 50 दिनभित्रमा हल्दी नदीमा पुल निर्माण हुने


पश्चिम मेदिनीपुर, 19 अप्रेल (हि.स.)। राज्यमा पहिलो चरणको मतदान आउन मात्र तीन दिन बचेको छ। आगामी 23 अप्रेलको दिन 152 वटा सीटमा मतदान भइरहेको छ। त्यसैले अब अन्तिम चरणको चुनाउ प्रचार आफ्नो चरममा पुगेको छ। अन्तिम आइतवार सबै राजनीतिक दलहरूले प्रचार अभियानमा पूर्ण शक्ति खन्याएका छन्।

विधानसभा चुनाउको सबैभन्दा हाई-प्रोफाइल क्षेत्रहरूमध्ये एक नन्दीग्राममा अन्तिम चरणको प्रचार अवधि तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जीले ठूलो घोषणा गरे। नन्दीग्रामका मानिसहरूको दीर्घकालीन मागलाई लिएर उनले भरोसा दिलाउँदै भने, यदि तपाईहरूले आफ्नो क्षेत्रबाट पवित्र करलाई विजय गराउनु भयो भने म वाचा गर्छु कि 50 दिनभिजत्रमा हल्दी नदीमा पुलको शिलान्यास गरिनेछ। हामी जे भन्छौं त्यो गर्छौं। आज म यहाँ वाचा गरेर गइरहेको छु। आगामी 4 मईपछि नै काम शुरू हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande