खरसाङ नगरपालिकाको 1 देखि 20 नम्बर वार्डसम्मका नारी शक्तिको कार्यक्रम सम्पन्न
Nari shakti election campaign


खरसाङ, 19 अप्रेल (हि.स.)। खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 1 देखि 20 नम्बर वार्डसम्मका नारी शक्ति प्रतिनिधिहरूलाई लिएर आज एक कार्यक्रम सम्पन्न गरियाे। खरसाङ टाउन कमिटीकोे पहल र महकुमा समिति नारी शक्तिकी अध्यक्ष एवं नगरपालिका क्षेत्रकी चुनाउ प्रभारी सबिता कार्कीकोे तत्परतामा आयोजित कार्यक्रमम नारी शक्ति अध्यक्ष अनु छेत्री प्रधान उपस्थित थिइन्। कार्यक्रम स्थानीय मन्टीभिएट खेल मैदानमा आयोजित गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नारी शक्ति नेतृ सबिता कार्कीले विभिन्न वार्डबाट उपस्थित नारी शक्तिलाई आगामी 23 अप्रेलमा सम्पन्न हुने चुनाउकोे निम्ति आ-आफ्नो वार्डमा एकत्रित भएर कार्य गर्न सुझाउ दिइन्। कार्यक्रममा नारी नेतृहरूले आ-आफ्नो विचार साझा गर्दै केन्द्रिय अध्यक्ष अनित थापाकोे हात मजबुत बनाउनका लागि यसपालीको बिधानसभा चुनाउमा टर्च लाइटकाे चिन्हमा भोट दिएर अमर लामालाई विजय दिलाउन अपील गरे।

कार्यक्रममा केन्द्रिय समिति नारी शक्तिकी अध्यक्ष अनु छेत्री प्रधानले केही दिन अघि सांसद राजु विष्टले माइती रुदेन सादा लेप्चा विरुद्ध अपमानजनक शब्द बोलेको भन्दै घोर विरोध जनाइन्। उनले चेताउनी दिंदै भनिन्, 'यदि अब फेरि हाम्रो माइतीकाे विषयमा अपमानजनक शब्द बोले हामी नारी शक्ति विरोधमा ओर्लिनेछौँ।'

कार्यक्रमलाई केन्द्रिय समिति नारी शक्तिकी सांगठनिक सचिव मैयाँ ठकुरी, केन्द्रिय समिति नारी शक्ति सदस्या प्रभा छेत्री, जैतून निशा, टाउन कमिटी नारी शक्ति सचिव दीपा छेत्री लगायत टाउन कमिटी नारी शक्तिका नेतृत्त्वहरूले पनि सम्बोधन गरेका थिए।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande