भारतको सभ्यतागत शक्तिको आधार नारीः विजेन्द्र गुप्ता
भारतको सभ्यतागत शक्तिको आधार नारीः विजेन्द्र गुप्ता


नयाँ दिल्ली, 19 अप्रेल (हि.स.)। “नारी शक्ति जसलाई हाम्रो परम्परामा सरस्वती, लक्ष्मी औ दुर्गाको रूपमा पूजिन्छ, भारतको सभ्यतागत शक्तिको आधार हो। सो मन्तव्य दिल्ली विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले आज किंग्सवे क्याम्पस्थित ब्रह्मा कुमारी, शान्ति भवनमा आयोजित “रन फर मदर अर्थ”- को समापन समारोहमा मुख्य अतिथिको रूपमा सम्बोधन गर्ने क्रममा व्यक्त गरेका हुन्। उनले भने, विकसित भारत@2047- को लक्ष्य महिलाहरूको समान सहभागिता तथा नेतृत्व बिना सम्भव छैन।

कार्यक्रममा उपस्थित प्रतिभागीहरूसित सम्वाद गर्दै उनले यस पहललाई पर्यावरण जागरूकता, नागरिक उत्तरदायित्व औ सामाजिक चेतनाको एक सशक्त संगम बताए। उनले भने, यस प्रकारको मञ्चले युवाहरूलाई राष्ट्रिय प्राथमिकताहरू अनुरूप जागरूक, उत्तरदायी औ उद्देश्यपूर्ण भूमिका निभाननको लागि प्रेरित गर्दछ। कार्यक्रममा ठूलो संख्यामा युवा महिलाहरूको सहभागितालाई उनले सार्वजनिक जीवनमा बढ़्दो सहभागिता तथा नेतृत्वको दिशामा एक सकारात्मक संकेत बताए।

महिला सशक्तिकरणको सन्दर्भमा गुप्ताले संसदमा हालैमा प्रस्तुत संविधान (131औं संशोधन) विधेयक- 2026 जसलाई “नारी शक्ति वन्दन अधिनियम”- को रूपमा चिनिन्छ,-को उल्लेख गर्दै भने, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा यस विधेयकको प्रस्तुति महिलाहरूको प्रतिनिधित्वलाई शासन व्यवस्थाको केन्द्रमा ल्याउने दिशामा एक महत्वपूर्ण कदम थियो। तथापि लोकसभामा उक्त विधेयक पारित नहुनुलाई दुर्भाग्यपूर्ण बताउँदै यसलाई महिलाहरूको राजनीतिक प्रतिनिधित्वको दिशामा “लोकतान्त्रिक प्रगतिको एउटा काला दिन”-को संज्ञा उनले दिए। उनले भने, महिलाहरूले विधायी तथा निर्णय लिने संस्थाहरूमा पर्याप्त प्रतिनिधित्व नपाउनुले संस्थागत सुधारको गतिमाथि गम्भीर प्रश्न उठाउँछ।

गुप्ताले बल दिँदै भने, जबसम्म महिलाहरूको समान प्रतिनिधित्व तथा प्रभावकारी सहभागिता सुनिश्चित गरिँदैन तबसम्म विकसित भारत @2047- को लक्ष्य अधुरै रहनेछ। उनले स्पष्ट पारे, महिला नेतृत्व समानताको विषय मात्र नभएर सन्तुलित र प्रभावकारी शासनको लागि अनिवार्य आवश्यकता पनि हो।

युवा सशक्तिकरणमाथि बल दिँदै उनले भने, “रन फर मदर अर्थ” जस्तो आयोजनले एक जागरूक औ जिम्मेवार पिँढ़ी निर्माण गर्नमा महत्वपूर्ण भूमिका निभाइरहेको छ। विशेष रूपमा युवा महिलाहरूलाई अवसर, पहिचान तथा नेतृत्व प्रदान गर्नु एक सशक्त एवं भविष्यको लागि तयार भारतको निर्माण कुञ्जी हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande