
पुरुलिया, 19 अप्रेल (हि. स.)। आइतवार बिहान नन्दीग्राम-1 ब्लकको दाउदपुर क्षेत्रमा तृणमूल जिल्ला परिषदका पब्लिक हेल्थ अफिसर शेख शमसुल इस्लामको घरमा बम विस्फोट भयो। तृणमूल नेताको परिवारद्वारा घटनाको पुष्टि गर्दै बताइएको छ, एउटा बम विस्फोट भयो जसमा उनकी छोरी घाइते भई।
तृणमूल नेताकी पत्नीले बताइन्, बिहान आँगन बड़ारिरहेको बेला उनले घरको झ्यालमा कुनै वस्तु प्लास्टिकमा पोको पारेर राखेको देखिन्। यसै अवधि नाबालिक छोरी पनि उक्त प्लास्टिकलाई हेर्न पुगी। उक्त वस्तु तल झरेर विस्फोट भयो। घर धुँवाले भरियो। नाबालिकाको हात-खुट्टामा चोट लागेको छ। तृणमूल नेताकी पत्नीले बताइन्, मेरा पति राजनीतिसित जोड़िएका छन्। त्यसैले उनलाई नोक्सान पुऱ्याउनको लागि यस्तो गरिएको हो।
घाइते नाबालाकिले बताई, म त्यसलाई हेर्न गएकी थिएँ, त्यसैबेला विस्फोट भयो।
घटनाको सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो। दुई वटा नयाँ बम पनि जफत गरियो। चुनाउअघि तृणमूल नेताको घरमा नयाँ बम भेटिएको घटनाले क्षेत्रमा सन्त्राष फैलाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा