पवित्र मार्घेरिटा वानुअतु र तुवालुको चार दिवसीय भ्रमणमा जाने
पवित्र मार्घेरिटा वानुअतु र तुवालुको चार दिवसीय भ्रमणमा जाने


गुवाहाटी, 19 अप्रेल (हि.स.)। केन्द्रिय विदेश राज्य मन्त्री पवित्र मार्घेरिटाले आइतवार स्थानीय मीडियासित बातचित गर्दै भनिन्, उनी चार दिवसीय आधारिक दौड़ाह अन्तर्गत वानुअतु र तुवालु गइरहेकी छन्।

दौड़ाह अवधि मन्त्रीले दुवै प्रशान्त द्विपीय देशहरूको नेतृत्वसित केही महत्वपूर्ण बैठकहरूमा भाग लिनेछन्। यी बैठकहरूमा द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने तथा प्रशान्त क्षेत्रमा सहयोग बढ़ाउने जस्ता विभिन्न पक्षहरूमाथि चर्चा हुने सम्भावना छ।

यो यात्रालाई प्रशान्त द्वीपीय देशहरूसित भारतको कुटनीतिक पहुँचलाई अझ सशक्त बनाउने दिशामा एक महत्वपूर्ण कदम मानिँदैछ जसान्तर्गत आपसी सहयोग र साझेदारीको नयाँ अवसर खोजिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande