बीरभूममा पुलिसमाथि ढुङ्गामुड़ा, ओसी सहित धेरैजना घाइते
बीरभूममा पुलिसमाथि ढुङ्गामुड़ा, ओसी सहित धेरैजना घाइते


बीरभूम, 02 अप्रेल (हि.स.)। जिल्लामा उपद्रवीहरूले पुलिसमाथि गरेको ढुङ्गामुड़ाको घटनामा सूरी पुलिस थानाका थाना प्रभारी (ओसी) समेत धेरैजना पुलिसकर्मीहरू घाइते भए। घटनापछि पुलिसले कतिपय मानिसहरूलाई पक्राउ गरेको छ। घटना कुखुदिही गाउँमा भएको हो जहाँ निर्माण कार्य भइरहेको बेला जेसीबीले गल्तीले चिहानमाथिको माटो खनेको कारणले तनाउ उत्पन्न भएको थियो। यस घटनामा सूरी थानाका ओसी शैलेन्द्र उपाध्याय पनि घाइते भए।

पुलिस अनुसार श्मशान नजिक भइरहेको निर्माण कार्य अवधि जेसीबीले अन्जानमै एउटा चिहानको माटो खन्यो। त्यसपछि केही मानिसहरूले जेसीबी चालकलाई समातेर रोके जसबाट एउटै समुदायका दुई गुटमाझ विवाद शुरू भयो।

घटनास्थलमा पुगेको पुलिस टीमले स्थितिलाई शान्त बनाउन अनि चालकलाई मुक्त गराउने चेष्टा गर्दा भीड़ उग्र भयो जसले पुलिसमाथि ढुङ्गामुड़ा गर्न थाल्यो।

घटनाको जानकारी पाएर जिल्लाका पुलिस अधीक्षक सूर्य प्रताप यादव अतिरिक्त बलको साथमा गाउँमा पुगे अनि स्थितिलाई नियन्त्रण गरे।

एसपी यादवले बताए, अहिलेसम्ममा 14 जना मानिसहरूलाई पक्राउ गरिसकिएको छ भने रहल आरोपीहरूलाई समात्नको लागि छापामारी जारी छ। सबैलाई चाँड़ै पक्राउ गरिनेछ। उनले भने, झड़पमा सामेल दुवै गुट एउटै समुदायका हुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande