
खरसाङ, 02 अप्रेल (हि.स.)। खरसाङ विधानसभा समष्टिको लागि भारतीय जनता पार्टीका उम्मेदवार सोनाम लामाले नामाङ्कन पत्र बुझाएका छन्। उनको पक्षमा भाजपाले बिहिबार खरसाङमा एक र्याली आयोजना गर्यो। र्याली खरसाङको बस टर्मिनलदेखि शुरु भएर हिल कार्ट रोड हुँदै खरसाङ बजार परिक्रमा गरेपछि खरसाङको मोटर स्ट्याण्डमा आएर चुनावी सभामा परिणत भयो।
उक्त चुनावी सभालाई गोर्खा जनमुक्ति मोर्चाको केन्द्रिय संस्थापक अध्यक्ष बिमल गुरुङ, दार्जिलिङका सांसद राजु विष्ट र उम्मेदवार सोनाम लामाले सम्बोधन गरे। चुनावी सभापछि भाजपा उम्मेदवार सोनाम लामाको खरसाङ महकुमा शासकको कार्यालयमा पुगेर नामाङ्कन पत्र बुझाए।
भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले पहाडमा भाजपाका उम्मेदवारहरुले निश्चित रूपमा जित्ने दावी गरे। उनले यसपाली बंगालमा परिवर्तनको लहर चलेको र यता पहाडमा पनि जीत यथावत रहने दाबी गरे। एक प्रश्नको उत्तरमा उनले एसआईआरलाई लिएर पहाडको सत्तारुढ दलले प्रोपोगाण्डा बनाएको आरोप लगाए।
हिन्दुस्थान समाचार / हनोक