विदेशी पर्यटकहरुका लागि खरसाङदेखि मालगाडीको यात्रा
विदेशी पर्यटकहरुका लागि खरसाङदेखि मालगाडीको यात्रा


खरसाङ, 02 अप्रेल (हि.स.)। दार्जिलिङ पहाडमा कुद्ने धेरै पुरानो दार्जिलिङ हिमालयन रेलवेको मालगाडी बिहिवार खरसाङदेखि दार्जिलिङसम्म चल्यो। आज बिहान 9:30 देखि 10 बजीको समयमा खरसाङ रेलवे स्टेशनबाट उक्त मालगाडी विदेशी पर्यटकहरुका लागि चलाइएको थियो।

प्राप्त जानकारी अनुसार, यो मालगाडी विशेष रुपमा विदेशी पर्यटकहरुका लागि गत 30 मार्चदेखि चलाइएको छ। 30 मार्चको दिन सिलगढीदेखि तीनधारेसम्म, 31 मार्चको दिन तीनधारेदेखि रंगटङ्गसम्म र रंगटङ्गदेखि पुनः तीनधारेसम्म चलाइएको थियो। त्यसरी नै 1 अप्रेलको दिन तीनधारेदेखि रंगटङ्गसम्म, 2 अप्रेल बिहिवार खरसाङदेखि दार्जिलिङसम्म चलाइयो। यसै क्रममा 3 अप्रेलको दिन दार्जिलिङदेखि घुम र घुमदेखि दार्जिलिङसम्म चलाइने जानकारी प्राप्त भएको छ।

पहिले मालगाडी दार्जिलिङ पहाडमा सामानहरुको ओहार पसारका लागि मुख्य सवारी साधन थियो। उक्त मालगाडी बिहिवार बिहान खरसाङ रेलवे स्टेशनबाट शुरु गर्दा विदेशी पर्यटकहरुको झुण्डले क्यामेरामा कैद गरिरहेको दृश्य देखियो। साथै, खरसाङ बजारमा स्थानीयहरुले पनि लामो समयपछि अचानक मालगाडी देख्दा खुशी हुँदै मोबाइलमा फोटो र भिडियो क्लिक गर्दै गरेका थिए।

मालवाहक रेलगाडीको डिब्बा 1943 र 1944 सालमा तीनधारेमा बनिएको जानकारी प्राप्त भएको छ। मालगाडीको दुईवटा डिब्बा लिएर आएको वाष्पचालित इञ्जिन पनि 1925 सालमा तीनधारेमा बनिएको जानकारी बताइएको छ। उक्त मालगाडी विशेष रुपमा विदेशी पर्यटकहरुले एक विशेष कामको लागि स्पेसियल चार्टर गरेर चलाइएको जानकारी प्राप्त भएको छ। वाष्पचालित इञ्जिन दार्जिलिङ हिमालयन रेलवेको मुख्य अंग हो भने देशी र विदेशी पर्यटकहरुको लागि मुख्य आकर्षणको केन्द्र पनि हो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande