नगर पालिका चुनाउ: जीएमसीका तीन र एसएनपीका एक उम्मेदवारले लिए आफ्नो नामाङ्कन पत्र फिर्ता
नगर पालिका चुनाउ: जीएमसीका तीन र एसएनपीका एक उम्मेदवारले लिए आफ्नो नामाङ्कन पत्र फिर्ता


गान्तोक, 02 अप्रेल (हि.स.)। सिक्किम आम नगरपालिका चुनाउ २०२६ मा प्रतिस्पर्धा गरिरहेका केही उम्मेदवारहरूले आज आफ्नो नामाङ्कन पत्र फिर्ता लिएका छन्, जसका कारण केही वार्डहरू निर्विरोध भएका छन्। गान्तोक नगर निगम (जीएमसी) का तीनवटा वार्डका उम्मेदवारले बिहिवार आफ्नो नामाङ्कन फिर्ता लिएका छन्। यसरी नै सिङताम नगर पञ्चायत (एसएनपी) का एक उम्मेदवारले आफ्नो नामाङ्कन पत्र फिर्ता लिएका छन्।

जीएमसी अन्तर्गत डिजेल पावर हाउस (अनारक्षित) वार्डबाट एसकेएम उम्मेदवार अभिषेक शर्मा, तादोङ (अनुसूचित जनजाति) वार्डबाट भाजपा उम्मेदवार पेम्पो दोर्जी लेप्चा र अरिथाङ-1 (अनुसूचित जनजाति) वार्डबाट स्वतन्त्र उम्मेदवारको रूपमा खड़ा भएका दावा शेर्पाले नामाङ्कन फिर्ता लिएका छन्।

गान्तोकका नगर चुनाउ अधिकारी तथा जिल्लापाल तुषार जी. निखारेले गान्तोक जिल्लाका सहायक नगर निर्वाचन अधिकारीहरूको उपस्थितिमा दुवै उम्मेदवारले पेश गरेको फारम 21 स्वीकार गरेका छन्। यस विकासक्रमपछि, गान्तोक नगर निगम अन्तर्गत आरिथाङ र तादोङ निर्विरोध रहेको छ भने डिजेल पावर हाउसमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा रहेको छ।

सिङताम नगर पञ्चायत अन्तर्गत पिपल डांड़ा वार्ड (अनुसूचित जाति) की एसकेएम उम्मेदवार याद कुमारी कामीले पनि आफ्नो नामाङ्कन पत्र फिर्ता लिएकी छन्। यसपछि, पिपल डांड़ा वार्ड निर्विरोध रहेको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande