
नयाँ दिल्ली, 02 अप्रेल (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवा बिहीवार चैत्र सुदी पूर्णिमाको अवसरमा दिल्लीका विभिन्न प्राचीन मन्दिरहरूमा आयोजित पूजा कार्यक्रमहरूमा सामेल भए अनि प्रदेशका नागरिकहरूलाई हनुमान जन्मोत्सवको बधाई एवं शुभकामना दिए।
दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवाले चाँदनी चौकस्थित पत्थर वाला हनुमान मन्दिरमा पुगेर पूजा अर्चना गरी दिल्ली एवं देशवासीहरूको खुसियाली तथा खाड़ीमा भइरहेको युद्ध शीघ्र रोकिने प्रार्थना गरे ताकि महंँगीको प्रभाव दिल्लीबासीहरूमाथि नपरोस्।
वीरेन्द्र सचदेवासित विधायक एवं यमुनापार विकास बोर्ड अध्यक्ष अरविन्दर सिंह लभली तथा स्थानीय निगम पार्षद सुमन कुमार गुप्ताले पनि पत्थरवाला मन्दिरमा दर्शन गरी महन्त गौरव शर्माबाट आशीर्वाद प्राप्त गरे।
साथै सचदेवाले कनट प्लेसस्थित प्राचीन हनुमान मन्दिरको दर्शन गरी महन्त सुरेश शर्माको आशीर्वाद प्राप्त गरे।
वीरेन्द्र सचदेवाले पूर्वी दिल्लीको मयूर विहार फेज-3, गीता कालोनी, कृष्णा नगरस्थित सिद्ध हनुमान मन्दिरमा आयोजित हनुमान जन्मोत्सव कार्यक्रमहरूमा पनि सम्मिलित भएर एकत्र भक्तजनहरूलाई शुभकामना दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा