नामांकन अवधि तृणमूल र भाजपा समर्थकहरूमाझ झड़प
नामांकन अवधि तृणमूल र भाजपा समर्थकहरूमाझ झड़प


कुचबिहार, 02 अप्रेल (हि.स.)। कुचबिहार दक्षिण विधानसभा क्षेत्रमा नामांकन दर्ता गराउने क्रममा बिहीवार व्यापक तनाउ देख्न पाइयो। जिल्ला सदर महकुमा शासक (एसडीओ) कार्यालय परिसर निकट सागरदिघी क्षेत्रमा तृणमूल कंग्रेस अनि भाजपा समर्थकहरूबीच भिड़न्त् भयो।

जानकारी मुताविक, भाजपा उम्मेद्वार रथीन्द्रनाथ बसु नामांकन दर्ता गराउनका लागि पहिला पुगेका थिए र उनका समर्थकहरू सागरदिघीको पूर्व-दक्षिण भागमा भेला भएका थिए। सोही समय तृणमूल उम्मेद्वार अभिजित दे भौमिक पनि आफ्ना समर्थकहरूसित ऱ्याली निकालेर त्यहाँ पुगे।

दुई पक्ष भेट हुनसाथ माहोल तातियो अनि नाराबजी शुरू भयो जुन हेर्दा-हेर्दै झड़पमा परिणत भयो।

स्थिति बिग्रिएको देखेर घटनास्थलमा तैनाथ पुलिस तथा केन्द्रिय बलले लट्ठीचार्ज गरी भीड़लाई नियन्त्रण गऱ्यो।

घटनाको विरोधमा तृणमूल उम्मेद्वार अभिजीत दे भौमिक सड़कमा बसेर धरना दिन थाले। उनले पुलिस र केन्द्रिय बलमाथि पक्षपात गरेको आरोप लगाए। उनले भने, पुलिसले भाजपाको इशारामा काम गरिरहेको छ जसले गर्दा स्थिति यस्तो भएको हो।

घटनापछि प्रशासनको भूमिकामाथि पनि प्रश्न उठिरहेको छ, किनभने एसडीओ कार्यालयसम्म पुग्नको लागि दुई वटा मार्ग भए पनि दुवै दललको ऱ्यालीलाई एउट मार्गबाट आउने अनुमति दिइयो। हाल क्षेत्रमा प्रचुर मात्रामा पुलिस बललाई तैनाथ गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande