चाँचलमा नामांकन अवधि बबाल, तृणमूल र भाजपा समर्थकहरूमाझ भिड़न्त
चाँचलमा नामांकन अवधि बबाल, तृणमूल र भाजपा समर्थकहरूमाझ भिड़न्त


मालदा, 02 अप्रेल (हि. स.)। जिल्लाको चाँचलमा विधानसभा चुनाउ- 2026 को लागि नामांकन दर्ता गराउनेलाई लिएर बिहिवार माहोल गर्मियो। चाँचल महकुमा शासक (एसडीओ) कार्यालय परिसरमा रतुआ, मालतीपुर औ हरिश्चन्द्रपुर विधानसभा क्षेत्रका मोठ 6 जना उम्मेद्वारहरू आ-आफ्ना समर्थकहरूलाई लिएर नामांकन दर्ता गराउन आइपुगे।

तृणमूल कंग्रेसको पक्षबाट अब्दुर रहिम बक्स़ी समेत अन्य उम्मेद्वार तथा भारतीय जनता पार्टी (भाजपा)-को पक्षबाट अभिषेक सिंघानिया, रतन दास र आशिष दासले आफ्नो नामांकन पत्र दर्ता गराए। तनाउको शुरूआत नाराबाजीलाई लिएर भएको थियो। आरोप छ, भाजपाको ऱ्यालीमा “जय श्री राम”- को नारा लगाइयो जसको जवाफमा तृणमूल समर्थकहरूले “जय बंगला”- को नारा लगाउन शुरू गरे। हेर्दा-हेर्दै दुवै पक्षबीच चर्को बहस तथा धक्का-धक्की शुरू भयो।

तृणमूल र भाजपाले झण्डा बोकेर शक्ति प्रदर्शन गर्दा स्थिति अनियन्त्रित भयो। तथापि घटनास्थलमा ठूलो संख्यामा पुगेको पुलिस बलले स्थितिलाई नियन्त्रण गऱ्यो।

तृणमूल नेताहरूले आरोप लगाए, भाजपाले सुनियोजित ढंगमा उक्साहटपूर्ण नारा लगाएर माहोल बिगार्ने चेष्टा गऱ्यो। तर अर्कोतिर भाजपा नेताहरूको भनाइ छ, उनीहरूको शान्तिपूर्ण ऱ्यालीमा तृणमूल कार्यकर्ताहरूले बाधा दिए। घटनापछि क्षेत्रमा राजनीतिक तनाउ व्याप्त भएको छ। प्रशासनले स्थितिमाथि नजर राखिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande