हात्तीको हमलामा भएको वृद्धको मृत्युलाई लिएर ग्रामीणहरूको उग्र प्रदर्शन, वनकर्मीहरूमाथि हमला
हात्तीको हमलामा भएको वृद्धको मृत्युलाई लिएर ग्रामीणहरूको उग्र प्रदर्शन, वनकर्मीहरूमाथि हमला


अलिपुरद्वार, 02 अप्रेल (हि.स.)। जिल्लाको पूर्व काठालबाड़ी ग्राम पञ्चायत अधिनस्थ जोगेन्द्रनगर गाउँमा बिहीवार बिहान जंगली हात्तीको हमलामा परी एकजना वृद्ध महिला शचिबाला देवनाथको मृत्यु भएपछि स्थिति अनियन्त्रित भयो। घटनापछि वन विभागको टीम समयमा नपुगेको कारणले ग्रामीणहरूमा आक्रोश फैलियो। पछि सोनापुर चौकीको पुलिस शव उठाउन घटनास्थलमा पुग्दा मानिसहरूको आक्रोश विस्फोट भयो। घटनास्थलमा केन्द्रिय बलको उपस्थितिलाई लिएर पनि मानिसहरूले प्रश्न उठाए। उनीहरूले भने, “यहाँ चुनाउ छैन, तथापि केन्द्रिय बल किन?” उनीहरूले ‘गो ब्याक’- को नारा समेत लगाए। स्थिति यतिसम्म तनाउपूर्ण भयो कि जवानहरूलाई लगभग 200 मीटर पछि हट्नुपऱ्यो। यस अवधि वनकर्मीहरू घटनास्थलमा पुग्दा उग्र भीड़ले उनीहरूमाथि हमला गऱ्यो।

आरोप छ, दुईजना वनकर्मीहरूमाथि कुटपिट गरियो। पुलिस तथा केन्द्रिय बलले उनीहरूलाई बचायो। स्थिति बिग्रिंदै गएपछि सोनापुर चौकीका ओसी मिंगमा शेर्पा भारी पुलिस बलसितै घटनास्थलमा पुगे। पछि जलदापाड़ा साउथका रेञ्जर राजीव चक्रवर्ती र जलदापाड़ा वेस्टका रेञ्जर अयन चक्रवर्ती पनि त्यहाँ पुगेर ग्रामीणहरूसित बातचित गरे। वन विभागद्वारा मृतक परिवारलाई 5 लाक रुपियाँ क्षतिपूर्ति अनि एकजना सदस्यलाई नोकरी दिने आश्वासन दिइयो जसपश्चात केही घण्टादेखि जारी तनाउ केही हदसम्म शान्त भयो।

यद्यपि हात्तीहरूको लगातार हमलालाई लिएर ग्रामीण र वन विभागबीच लामो बातचित भयो। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाइदिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande