मतदाता सूचीलाई लिएर तनाउ, धेरै ठाउँ सड़क जाम र हिंसा
मतदाता सूचीलाई लिएर तनाउ, धेरै ठाउँ सड़क जाम र हिंसा


मालदा, 02 अप्रेल (हि.स.)। जिल्लामा मतदाता सूचीबाट नाम हटाइएको आरोपलाई लिएर विरोध प्रदर्शन तीव्र भएको छ। सुजापुरमा गए बुधवार 12 नम्बर राष्ट्र्यि राजमार्गलाई जाम गरेपछि बिहीवार बिहान पुरातन मालदाको नारायणपुरमा आक्रोशित मानिसहरूले पथावरोध गरे। स्थितिलाई नियन्त्रण गर्नको लागि ठूलो संख्यामा पुलिस बल तथा केन्द्रिय बललाई तैनाथ गरिएको छ।

प्रदर्शनकारीहरूको आरोप छ, विशेष गहन पुनरीक्षण (एसआईआर)- को नाममा वैध मतदाताहरूको नामलाई सूचीबाट हटाइँदैछ। प्रदर्शनकारीहरूले आरोप लगाए, चुनाउ आयोगले पक्षपात गरिरहेको छ। अर्कोतिर केही मानिसहरूको भनाइ छ, विशेष गरी अल्पसंख्यक क्षेत्रका मानिसहरूको नामलाई सूचीबाट हटाइँदैछ।

उनीहरूको दाबी छ, पहिला 2002 सालको मतदाता सूचीको आधारमा नाम जोड़्ने कुरा गरिएको थियो, तर “लजिकल डिस्क्रेपेंसी”-लाई देखाएर नाम हटाइँदैछ।

यसीबीच इंग्लिश बजारको यदुपुर क्षेत्रको स्थिति पनि तनाउपूर्ण भयो। बिहानदेखि नै ठूलो संख्यामा मानिसहरू राष्ट्रिय झण्डा बोकेर सड़क जाम गर्न जुटे। एम्बुलेन्सलाई मानवीय आधारमा जान दिइयो। पुलिस पुग्नसाथ स्थिति हिंसक भयो। आक्रोशित भीड़ले यदुपुर बाइपास क्षेत्रमा पुलिसको वाहनमाथि हमला गर्नको साथै तोड़फोड़ गऱ्यो। ढुङ्गामुड़ामा पुलिस वाहनका चालकको टाउकोमा चोट लागेको छ। हाल क्षेत्रमा तनाउ यथावत छ। प्रशासनले स्थितिमाथि नजर राखिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande