
गेजिङ, 02 अप्रेल (हि.स.)। गेजिङ नगर पञ्चायतको नयॉं गेजिङ वार्डकी स्वतन्त्र उम्मेदवार तिलारुपा शर्माले आफ्नो नामाङ्कन पत्र फिर्ता लिएकी छन्। आम नगर पालिका चुनाउ 2026 अन्तर्गत आज नामाङ्कन पत्र फिर्ता लिने अन्तिम दिन थियो। नगर चुनाउ अधिकारी तेन्जिङ डी डेन्जोङ्पाले सत्यापनपछि नामाङ्कन फिर्ता स्वीकृत गरियो।
यसरी नै रम्फू नगर पञ्चायत अन्तर्गत अप्पर बजार वार्डका स्वतन्त्र उम्मेदवार बिनय थापाले पनि आफ्नो नामाङ्कन पत्र फिर्ता लिएका छन्। फारम 21 मार्फत थापाले नगर चुनाउ अधिकारी रोहन अगवाने समक्ष उम्मेदवारी फिर्ता पेश गरेका थिए, जसलाई सत्यापनपछि स्वीकृत गरियो।
हिन्दुस्थान समाचार / बिशाल