‘मामा-भाञ्जा’ जोड़ीको शक्ति प्रदर्शन, तृणमूल उम्मेद्वारहरूले सँगै भरे नामांकन
‘मामा-भाञ्जा’ जोड़ीको शक्ति प्रदर्शन, तृणमूल उम्मेद्वारहरूले सँगै भरे नामांकन


मालदा, 02 अप्रेल (हि.स.)। जिल्लामा चुनावी माहोलबीच तृणमूल कंग्रेसका दुई दिग्गज नेताहरूको कथित ‘मामा-भाञ्जा’ जोड़ीले नामांकनको दिन व्यापक शक्ति प्रदर्शन गरे। चाँचल एसडीओ कार्यालयमा रतुआ र मालतीपुर सीटका उम्मेद्वारहरूले एकसाथ नामांकन दर्ता गराए।

रतुआबाट तृणमूल उम्मेद्वार समर मुखर्जी औ मालतीपुरबाट अब्दुर रहिम बक्स़ीले आ-आफ्नो क्षेत्रबाट विशाल ऱ्यालीहरू लिएर चाँचल आइपुगे।

7

समर मुखर्जी आफ्ना समर्थकहरूसित वाहनमा सवार भएर आए भने अब्दुर रहिम बक्सी हजारौं कार्यकर्ताहरूको साथमा पैदल मार्च गर्दै आए।दुवैको ऱ्याली एक ठाउँमा मिसिएर एकसाथ एसडीओ कार्यालयसम्म पुग्यो जहाँ उनीहरूलो आफ्नो नामांकन पत्र जमा गरे।

नामांकन पश्चात दुवै नेताहरूले आफ्नो जीतप्रति पूर्ण भरोसा व्यक्त गरे। उनीहरूको भनाइ थियो, मालदाको राजनीतिमा यो जोड़ी पछिसम्म पनि कायम रहनेछ भने यसपालि पनि जीत हाम्रै हुनेछ।

समर मुखर्जीले भने, रतुआमा भएको विकास कार्यहरूको आधारमा जनताले उनलाई पुनः जीत दिलाउनेछन्। अर्कोतिर अब्दुर रहिम बक्सीले दाबी गरे, तृणमूलको संगठन मालदामा अत्यन्तै बलियो छ र विकासको मुद्दामा विपक्षलाई परास्त गर्न उनी सफल हुनेछन्।

राजनीतिक विश्लेषकहरूको मान्यता छ, चुनाउपूर्व यस किसिमको संयुक्त शक्ति प्रदर्शनले तृणमूलको आत्मविश्वासलाई दर्शाउँछ। मालदामा पार्टीको स्थितिलाई अझ् मजबुत बनाउने रणनीतिको यो एक भाग पनि हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande