
तिनसुकिया (असम), 23 अप्रेल (हि.स.)। जिल्लाको मोरानस्थित एक ज्वेलरी शपबाट औंठी चोरी गर्दै गरेको आरोपमा एकजना श्रम निरीक्षकलाई पक्राउ गरिएको छ। यो सम्पूर्ण घटना दोकानको सीसीटीभी क्यामरामा कैद भएको थियो।
आरोपीको पहिचान डा. मोनसुम कश्यपको रूपमा भएको छ। भनिन्छ, तिनी उषा ज्वेलर्समा ग्राहक भएर किनमेल गर्ने बहानामा पुगेका थिए। यसै अवधि उनले कथित रूपमा एउटा औंठी चोरी गरे।
दोकानका मालिकले सीसीटीभी फुटेजको जाँच गर्दा चोरी भएको पत्तो लाग्यो अनि आरोपीलाई चिन्हित गरियो। घटनाको सम्बन्धमा अग्रिम जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा