दक्षिण सालमारा आम्सू जिल्ला एकाईद्वारा मेघालयलाई आर्थिक नाकाबन्दीको चेताउनी
दक्षिण सालमारा आम्सू जिल्ला एकाईद्वारा मेघालयलाई आर्थिक नाकाबन्दीको चेताउनी


दक्षिण सालमारा (असम), 23 अप्रेल (हि.स.)। मेघालयमा असमका लघु मुस्लिम व्यापारी एवं श्रमिकहरूलाई कथित रूपमा अत्याचार गरेको विरोधमा सदौ असम अल्पसङ्ख्यक छात्र सङ्घ (आम्सू)-ले मेघालयविरूद्ध आर्थिक नाकाबन्दी गर्ने निर्णय लिएको छ।

आम्सू अनुसार मेघालयमा असमका मुस्लिम व्यापारी तथा मजदुरहरूलाई प्रताड़ित गरिएको घटनाले उनीहरूमा भय तथा असुरक्षा व्याप्त भएको छ। संगठनले यस मुद्दालाई गम्भीर बताउँदै तत्काल हस्तक्षेप गर्ने माग गरेको छ।

यसै क्रममा हाटशिङ्गिमारी जिल्ला आयुक्त कार्यालय सामु आम्सूको जिल्ला एकाईको नेतृत्वमा एक विशाल विरोध प्रदर्शन आयोजना गरियो। यस प्रदर्शनमा केन्द्रिय समितिका छात्र नेताहरू सहित ठूलो संख्यामा प्रदर्शनकारीहरूले भाग लिए। प्रदर्शनकारीहरूले मेघालयमा असमका मानिसहरूको सुरक्षा सुनिश्चित गर्ने माग गर्दै चेताउनी दिए, यदि उनीहरूको मागलाई शीघ्रै पूरा गरिएन भने आन्दोलनलाई अझ तीव्रता दिइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande