असमको मेरापानीमा 15 लाखको अवैध मदिरा जफत
असमको मेरापानीमा 15 लाखको अवैध मदिरा जफत


गोलाघाट (असम), 23 अप्रेल (हि.स.)। असमको गोलाघाट जिल्लाको सीमावर्ती क्षेत्र मेरापानीमा पुलिसले एक व्यापक अभियानको क्रममा लगभग 15 लाख रुपियाँको अवैध अरूणाचली मदिरा जफत गरेको छ।

पुलिसले बिहीवार बतायो, तेजपुरदेखि नागाल्याण्ड लैजाने उद्देश्यले उक्त मदिरालाई एउटा ट्रक (एएस01 सीसी 2143)-मा सीमेन्टका बोराहरूमाझ लुकाएर लगिँदैथ्यो। बताइए अनुसार यी सीमेन्टका बोराहरू शोणितपुर जिल्लाको बालीपाड़ामा लोड गरिएको थियो।

मेरापानी पुलिसले गुप्त सूचनाको आधारमा सञ्चालित एक अभियान अन्तर्गत ट्रकलाई रोकेर जाँच गऱ्यो जसमा मदिरा भेटियो। पछि मदिरालाई जफत गरियो। यस अवधि पुलिसले ट्रक चालक ललित सिंह (मणिपुर निवासी) र हेण्डिम्यान प्रेम कुमारलाई पनि पक्राउ गऱ्यो।

पुलिस अनुसार जफत गरिएको मदिरा विभिन्न ब्राण्डको रहेको छ। प्रारम्भिक अनुमानमा यसको बजार मूल्य लगभग 15 लाख रुपियाँभन्दा अधिक छ। यस मामिलामा अन्य मानिसहरूको संलिप्तताको जाँच पनि पुलिसले गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande