हामी पहाडको तीनवटा सिटहरु दार्जिलिङ, खरसाङ र कालेबुङ नै जित्नेछौँ: अनित थापा
Anit thapa


खरसाङ, 23 अप्रेल (हि.स.)। पहाडका तीनवटै सिटहरु दार्जिलिङ, खरसाङ र कालेबुङ जित्नेछौँ र राज्यमा पनि ममता सरकार नै पूर्ण बहुमतको साथमा सरकार गठन हुने गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल एवं भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय संस्थापक अध्यक्ष अनित थापाले दाबी गरेका छन्।

उनले बिहीबार खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा रहेको बुथमा भोट हालेपछि पत्रकारहरुलाई सम्बोधन गर्दै शान्तिपूर्ण चुनाउको लागि पहाडका जनता र सबै राजनीतिक दलहरुलाई धन्यवाद दिए। उनले भने, यसपालीको चुनाउ सबैले उत्सवको रूपमा लिएको र नाच्दै गाउँदै पहाडलाई यसरी नै अघि लानुपर्छ। सबैसित मिलेर मेलमिलापसित शान्ति र समृद्धिको गोरेटोमा अझ अघि लानुपर्छ। यसपाली हामीले जुन पूर्वाधार र विकासको लागि साथै चुनाउ प्रक्रियामा पनि खुशी राख्ने र शान्ति स्थापना गरेका छौँ। यो खुशी र शान्ति अझ अघि लानुपर्छ।

उनले दाबी गर्दै भने, यसपाली हामी पहाडका तीनैवटा सिटहरु जित्नेछौं। यसपाली राज्यमा ममता ब्यानर्जीको सरकार नै पूर्ण बहुमतको साथमा सरकार बन्नेछ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande