
गुवाहाटी, 23 अप्रेल (हि.स.)। मतगणना प्रक्रिया अवधि कुनै पनि प्रकारको गड़बड़ी हुन नदिने उद्देश्यले असम प्रदेश कङ्ग्रेस कमिटी (एपीसीसी)-ले विशेष तयारी शुरू गरेको छ। पार्टी नेतृत्वको निरदेशमा राज्यभरिका विभिन्न जिल्लाहरूको लागि सात वटा विशेष टीम गठन गरिएको छ।
यी टीमहरूलाई सम्बन्धित जिल्लामा स्ट्रङ्ग रूमको निरीक्षण गर्ने, पार्टी उम्मेद्वारहरूसित भेट गर्ने तथा जिल्ला प्रशासनसित समन्वय स्थापना गर्ने निर्देश दिइएको छ। टीमहरूको दौड़ाह आगामी 25 अप्रेलदेखि शुरू हुनेछ।
अप्पर असम नर्थ ब्याङ्क, मध्य असम अनि पहाड़ी क्षेत्र, लोअर असम, बराक उपत्याका तथा बीटीएडी क्षेत्रहरूको लागि भिन्न-भिन्नै टीमहरूलाई जिम्मेवारी सुम्पिइएको छ जसले विभिन्न जिल्लाहरूमा पुगेर चुनावी तयारीको समीक्षा गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा